News Portal

भोजपुरको हतुवा पालिकामा डढेलो जादा दुई घर जल्यो, १५ लाख बराबरको क्षति

हिमालीसंचार संवाददाता
३९६ पटक

सन्जिब राई/धरान – भोजपुर जिल्लाको हतुवा गाउपालिका वडा नं. १ हर्का कालापानी स्थित ज्ञानबहादुर राईको दुई वटा फुसको छानो भएको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ।

स्थानीय सामुदायिक वनमा डढेलो जादा हर्का कालापानी स्थित ज्ञानबहादुर राईको दुई वटा फुसको छानो भएको घर पूर्ण रुपमा जलेर नष्ट भएको वडाअध्यक्ष कुमार विष्टले हिमालीसंचारडटकमसंग बताए। 

हतुवा पालिकाको हर्का कालापानी स्थित रहेको सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण हुन नसक्दा साँझ करिव ४ बजे तिब्रगतिमा चलेको हावा हुरीका कारण फुसको छानो भएको ज्ञानबहादुर राईको दुई वटा घर जलेर पूर्ण रुपमा नष्ट हुदा अन्दाजी करिब १५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय धोरेटारका प्रहरी निरीक्षक जसबहादुर लिम्बुले जानकारी दिए। 

प्रहरीका अनुसार के कति क्षति भयो? अझै पूर्णरुपमा विवरण आउन बाकी रहेको बताए। घर मुली काठमाडौं जानु भएको कारणले थप विवरण आउन बाकी छ। सामुदायिक वनमा लागेको डढेलोको लप्काले साँझ फुस (खर)को छानो भएको घर डढेलोको लप्काले जल्दा धरमा ६३ बर्षीय घरमुली श्रीमति लिलामाया राई मात्र हुनुहुन्थ्यो। साँझ दुबै घरमा आगो लाग्दा बुढी आमाबाहेक अरु मान्छे घरमा नभएका कारण दुबै घर जलेर नष्ट भएको हो। 

हर्का कालापानीमा पातलो गाउ भएका कारण छिमेकी भेला हुदासम्म दुबै घर जलेर नष्ट भइसकेको आमा लिलामाया राईले बताईन्। घरमुली ज्ञानबहादुर राई ब्यक्तिगत कामको सिलसिलामा काठमाडौं जानु भएको थियो। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...