News Portal

भोजपुरको हतुवा पालिकामा डढेलो जादा दुई घर जल्यो, १५ लाख बराबरको क्षति

हिमालीसंचार संवाददाता
३६७ पटक

सन्जिब राई/धरान – भोजपुर जिल्लाको हतुवा गाउपालिका वडा नं. १ हर्का कालापानी स्थित ज्ञानबहादुर राईको दुई वटा फुसको छानो भएको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ।

स्थानीय सामुदायिक वनमा डढेलो जादा हर्का कालापानी स्थित ज्ञानबहादुर राईको दुई वटा फुसको छानो भएको घर पूर्ण रुपमा जलेर नष्ट भएको वडाअध्यक्ष कुमार विष्टले हिमालीसंचारडटकमसंग बताए। 

हतुवा पालिकाको हर्का कालापानी स्थित रहेको सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण हुन नसक्दा साँझ करिव ४ बजे तिब्रगतिमा चलेको हावा हुरीका कारण फुसको छानो भएको ज्ञानबहादुर राईको दुई वटा घर जलेर पूर्ण रुपमा नष्ट हुदा अन्दाजी करिब १५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय धोरेटारका प्रहरी निरीक्षक जसबहादुर लिम्बुले जानकारी दिए। 

प्रहरीका अनुसार के कति क्षति भयो? अझै पूर्णरुपमा विवरण आउन बाकी रहेको बताए। घर मुली काठमाडौं जानु भएको कारणले थप विवरण आउन बाकी छ। सामुदायिक वनमा लागेको डढेलोको लप्काले साँझ फुस (खर)को छानो भएको घर डढेलोको लप्काले जल्दा धरमा ६३ बर्षीय घरमुली श्रीमति लिलामाया राई मात्र हुनुहुन्थ्यो। साँझ दुबै घरमा आगो लाग्दा बुढी आमाबाहेक अरु मान्छे घरमा नभएका कारण दुबै घर जलेर नष्ट भएको हो। 

हर्का कालापानीमा पातलो गाउ भएका कारण छिमेकी भेला हुदासम्म दुबै घर जलेर नष्ट भइसकेको आमा लिलामाया राईले बताईन्। घरमुली ज्ञानबहादुर राई ब्यक्तिगत कामको सिलसिलामा काठमाडौं जानु भएको थियो। 

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...