News Portal

इन्स्पेक्टरमा बढुवा भएको १८ वर्षमा डिएसपी

हिमालीसंचार संवाददाता
२५३ पटक

काठमाडौं – सशस्त्र प्रहरी बलमा इन्स्पेक्टरमा भर्ना भएको करिब १८ वर्षपछि केही अधिकृत डिएसपीमा बढुवा भएका छन्। संगठनमा वृत्तिविकास योजना नहुँदा बढुवामा ढिलाइ भएको हो ।

सोमबार डिएसपीमा बढुवा भएका राजकुमार ढकाल विस २०६० सालमा इन्स्पेक्टरमा भर्ना भएका हुन् । इन्स्पेक्टरको चौथो ब्याचका उनी सेवा उपसमूह परिवर्तन गरी लेखा समूहतर्फ लाग्दा बढुवामा पछि परेका छन् । उनीसहित सशस्त्रमा लेखा उपसमूहका ११ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस भएका छन् । 

बढुवा सिफारिस हुने अन्यमा गणेशबहादुर मल्ल, करबहादुर घर्तीमगर, रमेश थापा, खुसबहादुर श्रेष्ठ, ताराबहादुर केसी, महेन्द्र हमाल, उर्मिला थापा, शोभाकान्त ढकाल र सुदन गिरी छन् । उनीहरूमध्ये सबैले इन्स्पेक्टरमा कम्तीमा १५ वर्ष बिताइसकेका छन् । हालै लेखातर्फ डिएसपीको दरबन्दी थपेर उनीहरूको बढुवा गरिएको हो । 

लेखातर्फ बढुवा भए पनि प्रशासनतर्फका पदमा भने बढुवा रोकिएको छ । गृह मन्त्रालय र सशस्त्र प्रहरी नेतृत्वबीचको असमझदारीले बढुवा हुन नसकेको स्रोत बताउँछ । सोमबारदेखि अवकाश पाउन लागेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई गृह नेतृत्वले दबाबमा राखेर आफूअनुकूलका अधिकृतलाई बढुवाको प्रयास गरेको थियो । तर, खनालले नमानेपछि बढुवा हुन नसकेको हो । 

इन्स्पेक्टर भर्नामा महिला उत्कृष्ट, मधेसीको संख्या शून्य: सशस्त्र प्रहरीको इन्स्पेक्टर भर्नामा पुष्पा बानियाँ पहिलो नम्बरमा उत्तीर्ण भएकी छिन् । बिहीबार सार्वजनिक गरिएको अन्तिम नतिजामा खुलातर्फ प्रतिस्पर्धा गरेकी उनी सर्वाेत्कृष्ट भएकी हुन् ।

समग्रमा भने महिलाको उपस्थिति कमजोर छ । महिला कोटातर्फ सातजनाको माग भएकोमा चारजना मात्र उत्तीर्ण भएका छन् । इन्स्पेक्टरमा कुल ७५ जनाका लागि खुलाइएको विज्ञापनमा ४९ जना मात्र सफल भएका छन् ।

लिखित परीक्षामा ६१ जना मात्र उत्तीर्ण भएकोमा त्यसपछि गुणमापक परीक्षामा थप ११ जना फालिएका हुन् । समावेशी आरक्षणको कोटामा न्यून उत्तीर्ण भएका छन् । प्रावधानसहित खुलाइएको भर्नामा मधेसी समुदायका लागि नौजनाको कोटा रहेकोमा लिखित परीक्षामा एकजना मात्र उत्तीर्ण भएका थिए ।

तर, गुणमापक परीक्षामा उनी फेल हुँदा एकजना पनि सफल हुन सकेनन् । पिछडिएको क्षेत्र, अमर/असक्त प्रहरीका सन्तानका कोटामा पनि कोही उत्तीर्ण भएनन् । नया पत्रिकाले लेखेको छ। 

प्रतिकृया दिनुहोस्

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...