News Portal

  • इन्स्पेक्टरमा बढुवा भएको १८ वर्षमा डिएसपी

    हिमालीसंचार संवाददाता
    २१४ पटक

    काठमाडौं – सशस्त्र प्रहरी बलमा इन्स्पेक्टरमा भर्ना भएको करिब १८ वर्षपछि केही अधिकृत डिएसपीमा बढुवा भएका छन्। संगठनमा वृत्तिविकास योजना नहुँदा बढुवामा ढिलाइ भएको हो ।

    सोमबार डिएसपीमा बढुवा भएका राजकुमार ढकाल विस २०६० सालमा इन्स्पेक्टरमा भर्ना भएका हुन् । इन्स्पेक्टरको चौथो ब्याचका उनी सेवा उपसमूह परिवर्तन गरी लेखा समूहतर्फ लाग्दा बढुवामा पछि परेका छन् । उनीसहित सशस्त्रमा लेखा उपसमूहका ११ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस भएका छन् । 

    बढुवा सिफारिस हुने अन्यमा गणेशबहादुर मल्ल, करबहादुर घर्तीमगर, रमेश थापा, खुसबहादुर श्रेष्ठ, ताराबहादुर केसी, महेन्द्र हमाल, उर्मिला थापा, शोभाकान्त ढकाल र सुदन गिरी छन् । उनीहरूमध्ये सबैले इन्स्पेक्टरमा कम्तीमा १५ वर्ष बिताइसकेका छन् । हालै लेखातर्फ डिएसपीको दरबन्दी थपेर उनीहरूको बढुवा गरिएको हो । 

    लेखातर्फ बढुवा भए पनि प्रशासनतर्फका पदमा भने बढुवा रोकिएको छ । गृह मन्त्रालय र सशस्त्र प्रहरी नेतृत्वबीचको असमझदारीले बढुवा हुन नसकेको स्रोत बताउँछ । सोमबारदेखि अवकाश पाउन लागेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई गृह नेतृत्वले दबाबमा राखेर आफूअनुकूलका अधिकृतलाई बढुवाको प्रयास गरेको थियो । तर, खनालले नमानेपछि बढुवा हुन नसकेको हो । 

    इन्स्पेक्टर भर्नामा महिला उत्कृष्ट, मधेसीको संख्या शून्य: सशस्त्र प्रहरीको इन्स्पेक्टर भर्नामा पुष्पा बानियाँ पहिलो नम्बरमा उत्तीर्ण भएकी छिन् । बिहीबार सार्वजनिक गरिएको अन्तिम नतिजामा खुलातर्फ प्रतिस्पर्धा गरेकी उनी सर्वाेत्कृष्ट भएकी हुन् ।

    समग्रमा भने महिलाको उपस्थिति कमजोर छ । महिला कोटातर्फ सातजनाको माग भएकोमा चारजना मात्र उत्तीर्ण भएका छन् । इन्स्पेक्टरमा कुल ७५ जनाका लागि खुलाइएको विज्ञापनमा ४९ जना मात्र सफल भएका छन् ।

    लिखित परीक्षामा ६१ जना मात्र उत्तीर्ण भएकोमा त्यसपछि गुणमापक परीक्षामा थप ११ जना फालिएका हुन् । समावेशी आरक्षणको कोटामा न्यून उत्तीर्ण भएका छन् । प्रावधानसहित खुलाइएको भर्नामा मधेसी समुदायका लागि नौजनाको कोटा रहेकोमा लिखित परीक्षामा एकजना मात्र उत्तीर्ण भएका थिए ।

    तर, गुणमापक परीक्षामा उनी फेल हुँदा एकजना पनि सफल हुन सकेनन् । पिछडिएको क्षेत्र, अमर/असक्त प्रहरीका सन्तानका कोटामा पनि कोही उत्तीर्ण भएनन् । नया पत्रिकाले लेखेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

    कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ...

    चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

    चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन...

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक २० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...