News Portal

  • कवि हर्कजङ किरातीको “किराती हामी”

    हिमालीसंचार संवाददाता
    २२५ पटक

    प्राचिन,पौराणिक किरात सभ्यातामा हुर्किदै
    शिकार खेल्दै कन्दमुल खादै बाँचेको हामी
    प्राकृतीक ढुंगे युगदेखि जीवन दर्शन कोर्दै
    यथार्थबाद र आध्यत्माबाद अगालेको हामी ।

    जंगल र ओडारमा बस्दै
    झुपडि र घरको आबिस्कार गर्ने हामी ।
    रुखको बोक्रा पातपतिङ्गार ओड्दै
    कपडा तानबुन्ने सिप सृजना गर्ने हामी ।
    भस्मे, पाखा पखेरु फोरी बस्न योग्य

    बनाउदै यो धर्तीमा खेती गर्न शुरु गर्ने हामी ।
    भूमि, प्रकृती र पितृको पुजा गर्दै ॠतुहरुलाई
    उधौली र उभौली चाड मनाउने हामी।
    किराँत सभ्यता र पहिचान झल्काउदै

    प्राचिन देखि वैज्ञानिक युगमा हामी ।
    पुर्खाको बिरसत र रगतकै
    जिबित शिकारी नाती नातिनी हामी ।
    भूमिपुत्र हामी ! मुलबासी हामी !

     

    कवि: हर्कजङ किराती “यात्री”
    पूर्वअध्यक्ष किरात राई यायोक्खा शाखा युएई
    सल्लाहकार नेपाल जनजाति महासंघ युएई

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २४ गतेको राशिफल

    आज असोज २४, २०८२ (अक्टोबर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओलीले गृहमन्त्रीलाई चेतावनी, पासपोर्ट रोक्का र पक्राउ प्रयास अस्विकार

    काठमाडौं, असोज 23 — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का र उपत्यका...

    एमाले नेता बस्नेतको चुनौतीः जेनजी आन्दोलनका घटनाबारे कारबाही गर्न गृहमन्त्रीलाई अनुरोध

    काठमाडौं, असोज २३ – एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको विवरण एमालेले...

    चितवनमा अनेरास्ववियुद्वारा बालेन र सुधनविरुद्ध जाहेरी दर्ता प्रयास, प्रहरीले दर्ता नगरी ज्ञापनपत्र लिने तयारी

    चितवन, असोज २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला प्रहरी कार्यालय...

    माइतीघरमा प्रदर्शनअघि डा. निकोलस भुसालसहित तीन जना पक्राउ

    काठमाडौं – माइतीघर मण्डलामा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको तयारीका बीच...