News Portal

  • एनआरएनलाई राजनीतिबाट अलग्याइयोस् !

    हिमालीसंचार संवाददाता
    ३२७ पटक

    काठमाडाैं। नेपाल फर्किएर वा, नफर्किएपनि आफूले सिकेको ज्ञान, सीप, पैसा आदिबाट आफ्नो मातृभूमिलाई मद्दत गर्न गैर आवासीय नेपालीहरू तत्पर छन् तर यसको लागि एनआरएन नेतृत्व र नेपाल सरकारले उचित वातावरण मिलाइदिनु पर्नेमा विद्धानहरूले विशेष जोड दिनुभएको छ।

    नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ईन्जाको नियमित कार्यक्रम “ईन्जा टक”को पाँचौँ शृङ्खलामा सहभागी हुँदै अमेरिकाका विश्वविद्यालयहरूमा अनुसन्धानमा संलग्न विद्धानहरूले यी विचार व्यक्त गर्नु भएको हो।

    उहाँहरूले हालै मात्र सम्पन्न एनआरएनको दसौँ महाधिवेशनबाट आएको नेतृत्वलाई यी सुझाव दिनु भएको हो। महाधिवेशनले कुल आचार्य, रविना थापा र बद्री केसीको त्रिकोणात्मक नेतृत्व चयन गरेको थियो, जुन अस्वाभाविक र असुहाउँदो देखिएको अनि नेपालका राजनीतिक दलहरूले आ–आफ्नो भागबन्डा लगाएको आरोप लागेको थियो।

    एनआरएन नेतृत्वले विशुद्ध गैर आवासीय नेपालीहरू र मातृभूमिको हितमा काम गर्नु पर्नेमा केवल नेपालका राजनीतिक दलहरूको झोला बोकेर उनीहरूको कार्यकर्ता मात्र बनेको आरोप पनि लागिरहेको छ।

    नेपाल फर्क अभियानका अभियन्ता डा.राजेन्द्रप्रसाद पंगेनी र अर्का अनुसन्धानकर्ता डा.तारा सिग्देलले नेतृत्व चयन प्रक्रियाप्रति असहमति जनाउदै अबको युगमा नेतृत्व चयनका लागि भौतिक उपस्थिति आवश्यक नपर्ने, डिजिटल भोटिङबाट नेतृत्व चयन गर्नुपर्नेमा पनि जोड दिनुभएको थियो।

    भौतिक उपस्थितिबाट मतदान गर्ने परम्परागत प्रक्रियाबाट झन्झटपूर्ण, खर्चिलो र अन्य कुराहरूबाट प्रभावित हुन पनि सकिने भएकाले डिजिटल भोटिङबाट नै नेतृत्व चयन गर्ने विधि-विधानलाई अनुसरण गरियोस् भन्ने माग पनि उहाँहरूको थियो।

    कार्यक्रममा सामाजिक अभियान्ताहरु परशुराम भण्डारी र रमेश ढकालले पनि तीन अध्यक्ष चयन गरेर एनआरएनको नेतृत्वले राजनीतिक दबाब र प्रभावबाट संस्थालाई अलग राख्न नसकेको आरोप लगाउनु भएको थियो। उहाँहरूले आम मतदातासँग नेतृत्वले क्षमा माग्नुपर्ने विचार पनि राख्नु भएको थियो।

    कार्यक्रममा अन्य देशहरू चीन कोरियालगायतले विदेशमा काम गरिरहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन विभिन्न प्रोत्साहनका कार्यक्रमहरू ल्याएको उदाहरण दिँदै नेपालले पनि बाहिर रहेर ज्ञान, सीप, अनुभव हासिल गिरेको जन शक्तिलाई नेपाल फर्किन प्रोत्साहन नगरेसम्म नेपालमा दक्ष जनशक्तिको अभाव भइरहने कुरामा चिन्ता व्यक्त गरिएको थियो।

    सो अवसरमा नेपाली पासपोर्ट र नागरिकता बोकेर हिँडिरहेको व्यक्तिलाई फरक व्यवहार गर्न नहुनेमा जोड दिइएको थियो। देशको अर्थतन्त्रमा ठुलो योगदान पु-याइरहेको विप्रेषण रेमिटेन्स आर्जन गर्नेहरूप्रति भने सरकारको व्यवहार प्रोत्साहित गर्ने किसिमको नभएको गुनासो पनि कार्यक्रममा गरिएको थियो।

    ईन्जा टक गत वर्षदेखि सुरु भएको कार्यक्रम हो। यसमा नेपाल र नेपाली समुदायसँग प्रत्यक्ष जोडिएका विषयहरूमा बहस गर्ने गरेको छ। इन्जाका वरिष्ठ उपाध्यक्ष विष्णु शीतलले सञ्चालन गर्नु भएको इन्जा टकमा अध्यक्ष गुणराज लुइँटेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो। उहाँले मे ३ तारिक नेपालमा हुने ईन्जा दिवस र पुरस्कार वितरण कार्यक्रमको बारेमा पनि चर्चा गर्नु भएको थियो।

    इन्जाले हरेक बर्ष मार्च १ तारिक गर्ने गरेको ईन्जा डे कार्यक्रम यस वर्ष मे ३ तारिकमा गर्ने भएको छ। नेपालका मिडिया र मिडियाकर्मीहरूको हित र प्रोत्साहनका लागि ईन्जाले हरेक वर्ष पुरस्कार र प्रोत्साहन गर्दै आएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेन–जीको आन्दोलनपछि काठमाडौँमा कर्फ्यु आदेश

    काठमाडौँ, भदौ २३ – सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन राजधानीमा...

    आज २०८२ साल भदौ २३ गतेको राशिफल

    आज भदौ २३, २०८२ (सेप्टेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमान घिसिङको पनि साथ, जनाए ऐक्यबद्धता

    काठमाडौँ। उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन...

    जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

    काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी...

    बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

    काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा...