News Portal

यिनै हुन विवाह गर्ने प्रलोभनमा पारेर ४२ लाख ठग्ने लोकबहादुर श्रेष्ठ

हिमालीसंचार संवाददाता
५५५ पटक

काठमाडौँ। विभिन्न बहानामा महिलालाई लाखौं रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको साँघुटार नगरपालिका–३ घर भइ हाल काठमाडौंको धापासी बस्ने ५२ वर्षीय नविन भन्ने लोक बहादुर श्रेष्ठ रहेका छन्।

श्रेष्ठले विवाह गर्ने प्रलोभन देखाइ पीडितलाई विश्वासमा पारी आफू बिरामी परेको भनी कहिले अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै आईएमई तथा सिटि एक्सप्रेस मार्फत पटक–पटक गरी करिब ४२ लाख ३४ हजार रकम पठाउन लगाई ठगी गरेको प्रहरीले जनाएको छ।

पीडितको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले उनलाई आइतबार काठमाडौंको बिशालनगरबाट पक्राउ गरेको छ।

श्रेष्ठलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको खबर नेपालसमाचारपत्रमा छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...