News Portal

अमेरिकामा हुने बार्सिलोना र जिरोनाको खेल अनिश्चित

हिमाली संचार संवाददाता
८३० पटक

ला लिगाको एक खेल अमेरिकामा गराउने विषय अनिश्चित बनेको छ । जिरोनाको घरेलु मैदानमा हुने बार्सिलोनासँगको खेल मियामीमा गराउने भनेर प्रचार प्रसार भइसक्दा पनि अझै निश्चित हुन नसकेको हो ।

खेल २६ जनवरीमा हुने खेल अमेरिकामा गर्ने ला लिगाको नयाँ सिजन सुरु हुँदा नै तय भएको थियो । ला लिगाले व्यापारिक उद्देश्यले हरेक सिजनमा एक खेल अमेरिकामा खेल्न १५ वर्षको सम्झौता गरेको थियो ।

जिरोना बार्सिलोना रहेकै क्याटालोनियामा रहेको क्षेत्र हो । जसले अमेरिकामा गएर खेल्दा फुटबल विकास र लालिगाकै समर्थनमा फाइदा पुग्ने बताएको छ ।

स्पेनिस फुटबल फेडेरेसन नै त्यसमा सकारात्मक देखिएको छैन । प्लेयर्स युनियनले पनि त्यसमा विरोध गरिरहेका छन् ।

स्पेनिस फुटबल फेडेरेसनसँग दुई हप्ताभित्र निर्णय गरिदिन आग्रह गरिएको छ । त्यसपछि पनि युएस सकर फेडेरेसन, युईएफ र कन्फिडिरेसन अफ नर्थ, सेन्ट्रल अमेरिकन र यारेबियन एशोसियसन फुटबलसहित फिफाले बार्सिलोना र जिरोनाको खेलका लागि स्वीकृति दिनुपर्ने हुन्छ ।

यो सबै सम्झौतामा काम गरिरहेको रिलिभेन्ट स्पोर्ट्सका अध्यक्ष चार्ली स्टिलिटानो सबै कुरा पक्का भएर पनि अनिश्चित जस्तो भएको बताउँछन् ।

‘जिरोना र बार्सिलोनालाई मनाउने मुख्य काम सकिएको छ । खेलाडीले पनि मानेका छन् । अब यसमा किन विरोध भएको छ बुझिएको छैन’ उनले भने ।

केही दिनअघि फिफा अध्यक्ष जियानी इन्फानिटोले पनि ला लिगाको घरेलु मैदानमा हुनुपर्ने खेल अमेरिकामा गर्न नहुने बताएका थिए । ‘घरेलु खेल विदेशमा गएर खेल्नु राम्रो होइन’ उनको भनाइ थियो ।

फिफा अध्यक्ष मात्रै होइन स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस रुबियल्स पनि अमेरिकामा ला लिगाको खेलका लागि राजी छैनन् ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...