News Portal

नेपालको चुच्चे नक्सा नेपाली दूतावासबाट गायब

हिमालीसंचार संवाददाता
१९४ पटक

काठमाडौं – भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा नेपालको संविधानमा उल्लेखित चुच्चे नक्सा गायब पारिएको छ । नेपाली दूतावासमै प्रशासनिक नक्सा गायब पारिएपछि नेपाल सरकारको चरित्र उदांगो भएको छ ।

नेपाल सरकारले नेपाली दूतावासमा चुच्चे नक्सा गायब पारेको विषयलाई गम्भीरतापूर्वक लिएको छैन । अहिले भारत स्थित नेपाली दूतावासमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नसमेटिएको पुरानै नक्सा टाँसिएको छ । जबकि केही समयअघिसम्म मात्रै भारतस्थित नेपाली दूतावासका सबै कोठामा चुच्चे नक्सा थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला भारतको नयाँ दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा नदेखिएपछि राजनीतिक दलले आपत्ति जनाउँदै कर्मचारीलाई कारबाही माग गरेका छन् ।

नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको चुच्चे नक्सा दूतावासमा नदेखिनु गम्भीर आपत्तिको विषय भएको दलका नेता औंल्याउँछन् । राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...