News Portal

  • एनआरएनएकाे युवा संयोजक स्वराज खातिद्वारा मनोनित पद अस्वीकार शुल्क फिर्ता मागे

    हिमालीसंचार संवाददाता
    ३१८ पटक

    अमेरिका – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को निर्वाचन प्रक्रिया प्रति असहमति जनाउदै स्वराज खातिले आफुलाई मनोनित गरिएको पद अस्वीकार गरेका छन्।खातिले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै पद अस्वीकार गर्नुको कारण पनि खुलाएका छन्।उनले आफुले तिरेको उमेदवारी दरखास्त दस्तुर पनि फिर्ता मागेका छन्। उनलाई अमेरिकाकाे छेत्रीय युवासंयोजकको पदमा मनोनयन गरिएको थियो।तीन अध्यक्ष सहितको जम्बो टिमको घोषणामा असन्तुष्ट जनाउदै पद अस्वीकार गर्ने खाति तेस्रो व्यक्ति हुन्।यस अगाडि अष्ट्रेलियका दिपक शर्माले पनि पद अस्वीकार गरेका थिए। क्षेत्रिय संयोजकमा उमेदवारी दिएका शर्मालाई पछि सहकोषाध्यक्षमा राखिएको थियो।यस्तै अमेरिकाज क्षेत्रको महिला संयोजकमा मनोनित बन्दना कोइरालाले पनि पद अस्वीकार गरेकी थिइन।

    स्वराज खातिद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ
    प्रेस बिज्ञप्ति:
    बिषय: एनआरएनए– उम्मेदवारी दस्तुर फिर्ता माग , अलोकतान्त्रिक प्रबिधि र नियुक्ति सम्बन्धमा गैरआवासीय नेपाली संघको १०औ अन्तर्रास्ट्रिय महाधिवेशनले “एकता”को संदेश  बोकेता पनि व्यहवारमा विभाजनको बिजारोपण गर्दै समापन भएको छ। संक्षेपमा  भन्नुपर्दा एनआरएनएको बिश्वब्यापी अभियान यतिबेला  चरम शिद्धान्त बिहिन नैतिकता बिहिन र दिशाहिनताको शिकारभएको प्रस्ट देखिन्छ। यस किसिमको निहितार्थ गुट, उपगुट र लेनदेनको हानाथापले एनआरएनए प्रति निष्ठावान इमान्दार र स्वाभिमानी अभियन्ताहरुको  साझा भावनामाथि निर्मम प्रहार गर्न खोजिएको देखिन्छ ।यसअर्थमा एनआरएनए प्रतिको मेरो जिम्मेवारीलाई नैतिक धरातलमा उभिएर आत्मविस्लेषण गर्दा  म जस्तो नयाँ पिडिको युवाले एनआरएनएका  अग्रज नेतृत्व पंक्तिबाट नेतृत्व र नैतिकता  कुनै पनि गुण सिक्न नपाएको अवस्थामा आउने नया युवा पिडिहरुलाई आफैबाट  नैतिकताको सानो उदाहरण पेस गर्दै मलाई दिन खोजिएको अमेरिकाज छेत्रीय युवासंयोजकको पद अस्विकार गर्दैछु।

    निर्वाचन प्रक्रिया  पुर्याएर अमेरिकाज क्षेत्रको  युवा संयोजकको लागि केहि हप्ताअगाडि उम्मेद्वारी दिएको निर्बिरोध पनि भैसकेको र पछि निर्वाचन रद्द गर्दै एकताको  नाममा तीनहजार भन्दा बढी महाधिबेशन प्रतिनिधिहरुलाई गुमराहमा राख्दै अध्यारो कोठा भित्र गरिएको  भागबन्डाको सहमतिबाट  मनपरी पद र पदसंख्या थपेर पदाधिकारीहरुको भर्तिगर्नु अर्थहिन र अनुत्पादक रहेको  मेरो  ठम्याइछ।
    सहमतिको नाममा गरिएको यस प्रकारको अलोकतान्त्रिक प्रक्रियालाई समर्थन गर्न आफूलाई लज्जाबोध भएको छ।  त्यसैले  म सो पद अस्विकार गर्दै  निर्वाचन रद्द भैसकेको  हुनाले  मैले  प्रक्रिया पुर्याएर ३/१०/२२मा उम्मेद्वारी फारम सहित दस्तुरस्वरुप बुझाएको नेरु २५०,०००  (दुइलाख पचास हजार) फिर्तापाउ भनि यो बिषयमा IES लाई निबेदन  पठाइसकेको  सबैमा  जानकारी गराउन चहन्छु।
    मलाई सधै आत्मीय सहयोग गहिरो विश्वास र न्यानो माया प्रधान गरिरहने आदरणीय अग्रजहरु, साथीहरु तथा शुभेक्षुकहरुमा हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु।
    पदबाट अलग रहँदै बाहिर बसेर  प्रवासी नेपालीहरुको हक हित र आफ्नो जन्मभूमि नेपालको सेवा निम्ति सधै समर्पित रहने प्रण गर्दछु।  साथै एनआरएनएको बृहत अर्थपूर्ण एकताको कामना गर्नुको साथै अभियानमा रचनात्मक सहयोग र भूमिकाको लागि संधै तयार रहेको जानकारी गराउदछु।नोट – मैले धेरै सोच  विचार र परामर्श गरी अन्तिम निर्णयमा पुगेको हुनाले संस्थापन पक्ष र अर्को  पक्ष  भनिएको मेरो  नजिकका साथीभाइ  इस्ट-मित्रहरु मेरो निर्णयलाई  पुनर विचार गर्नको लागि कुनै कस्ट नगरिदिनुहुन अनुरोध गर्दछु।
    स्वराज खाती
    निबर्तमान एनआरएनए ICC सदस्य अमेरिकाज क्षेत्र (२०१९-२१)
    निबर्तमान युवा संयोजक  NRNA NCC USA (२०१७-१९)

    _______

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सार्क क्षेत्रमै चौथो स्थानमा नेपाल: १ लाख १५ हजारभन्दा बढी यौनकर्मी

    काठमाडौं – विश्व एड्सविरुद्धको दिवस–२०२५ का अवसरमा सार्कको एचआईभी–एड्स केन्द्र, काठमाडौंमा आज आयोजित विशेष कार्यक्रममा...

    एनआरएनए एउटा संगठनको उदय, उत्थान, पतन र पुनःएकताको कथन

    कुवेत – गैरआवासीय नेपाली संघ एनआरएनए,नेपाली प्रवासीहरूको अन्तर्राष्ट्रिय पहिचान, सामूहिक आवाज र असल उद्देश्य लिएर जन्मिएको...

    अनियन्त्रित सामाजिक सञ्जाल: नेपालको राजनीति, समाज र राष्ट्रहितमाथि बढ्दो अदृश्य युद्ध

    काठमाडौं -नेपाल आज एउटा अनौठो मोडमा उभिएको छ ,जहाँ लोकतन्त्रका नाममा खुला छाडिएका सामाजिक संजालहरू...

    सुदन गुरुङको पोखरा भ्रमणमा अवरोध प्रयासको आरोप

    पोखरा, मंसिर १५ – हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले आफ्नो पोखरा भ्रमणलाई लिएर नेकपा...

    गुरुङको टिप्पणी: संविधान कमजोर पार्न विदेशी शक्ति सक्रिय

    काठमाडौं, मंसिर १५ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विदेशी शक्तिहरूले नेपालमा आफ्ना अनुकूल दल...