News Portal

ठूलो दुर्घटनाबाट जोगियो नेपाल एयरलाइन्सको जहाज

हिमालीसंचार संवाददाता
४६८ पटक

काठमाडौं। नेपाल एयरलाइन्सको जहाज थाइल्यान्डमा ठूलो दुर्घटनाबाट जोगिएको छ। शुक्रबार काठमाडौंका लागि उड्न तयार भएको नेपाल एयरलाइन्सको जहाज धावनमार्गमा गुडिरहेकोबेला एक्कासी दुवैतर्फका टायर पन्चर भएको थियो।

आरए ४०२ जहाज उडान भर्नका लागि धावनमार्गमा कुदिरहेको बेला एक्कासी दुवै तर्फको टायर पन्चर भएको र विमानका चालक र सहचालकको सुझबुझका कारण दुर्घटना टरेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य भुषण राजलवटले उल्लेख गर्नुभएको छ।

जहाज धावनमार्गमा उड्नका लागि स्पिड लिइरहेको बेला टायरको प्रेसर आवश्यकता भन्दा धेरै भएर स्पिड कन्ट्रोल गर्ने क्रममा दुबै तर्फको चक्का पन्चर भएको उहाँले उल्लेख गर्नुभएको छ।

त्यसपछि सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो। जहाज मर्मत गरेर काठमाडौं ल्याउने तयारी भएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...