News Portal

एनआरएनए १० औं महाधिवेशन अमेरिका राज्य च्याटरको ध्यानाकर्षण, निर्वाचन प्रक्रिया अलोकतान्त्रिक भएको भन्दै आपत्ति

हिमालीसंचार संवाददाता
३०७ पटक

काठमाडौं – गैरआवसीय नेपाली संघ “एनआरएनए” १० औं सम्मेलन अलोकतान्त्रिक र अमर्यादित भएको भन्दै च्याप्टरका अध्यक्षहरूले ध्यानाकर्षण गराएका छन्।

च्याप्टरका अध्यक्षहरूले एक संयुक्त वक्तव्य जारी गर्दै बिरोध गरेका हुन। च्याप्टले आफ्नो वक्तव्यमा गैरआवासीय नेपाली संध अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) को १० औँ महाधिवेशन र निर्वाचन प्रक्रियामा देखिएका अभ्यासहरू अलोकतान्त्रिक र अमर्यादित रहेको जनाएका छन्।

च्याप्टरले निकालेको वक्तव्यमा विधि, विधान र प्रक्रियाका सम्बन्धमा आफ्ना कुरा राख्ने र मतदान गर्न पाउने अधिकारबाट आम पञ्जीकृत सदस्य र आइसीसी डेलिगेटस  वञ्चित गरिएको कार्यप्रति कडा शब्दमा निन्दा र भत्सर्ना गरेका छन्। 

वक्तव्यमा भनिएको छ; विधि, विधान र प्रक्रियाका सम्बन्धमा आफ्ना कुरा राख्ने र मतदान गर्न पाउने अधिकारबाट आम पञ्जीकृत सदस्य र आइसीसी डेलिगेटस वञ्चित गरिएकोमा सबै च्याप्टहरु दुःख व्यक्त गर्दै सहमतिको नाममा गरिएको यस घृणित कार्यको हामी सबै घोर भर्त्सना गर्दछौं।

अमेरिका च्याप्टरले आफ्नो वक्तव्यमा अगाडि भनेको छ।  ‘नाटकीय एकताको नाममा गरिएको यस घृणित कार्यको हामी घोर भर्त्सना गर्दछौं’।

अमेरिका च्याप्टरले यो एकता नभएर एउटा नाटक मंचन गरिएको र यो नाटक सम्पूर्ण अहितमा रहेको तर्फ इंकित गरेको छ। नाटकिय सहमतिका नाममा सबैको अधिकार हनन् गरियो  विविध गतिबिघीहरू सहमती गर्ने अभ्यासले एकता र निकास भन्दा आगामी दिनमा संस्थालाई थप समस्या तर्फ धकेल्छ भन्ने आफुहरूले निकै गहिरो चिन्ता र चासो भएको जनाईएको छ।

उसले मिल्ने र मिलाउने नाममा व्यक्तिगत स्वार्थ पुर्तिका लागि संस्थाले थेग्नै नसक्ने गरी पद बाडफाड गरिनुले गैर आवासीय नेपाली सङ्घको गर्विलो विगतलाई कमजोर मात्रै नबनाएर धरासायी बनाएको ठोकुवा गरेको छ।

च्याप्टरले आइसीसी डेलिगेटसको समस्यादेखि थुप्रै गंभिर विषयलाई चाताछुल्लै छोडेर अगाडि बढ्दा संस्था विवाद रहित र बलियो हुने कुनै  सङ्केत देखिदैन बरु समस्यालाई बल्झाउने तर्फ अग्रसर रहेको जनाएको छ।

मनोनीत वर्तमान कार्यसमितिले संस्थालाई दलदलबाट बाहिर निकाल्न के कसरी काम गर्दछ भनेर आम पञ्जीकृत सदस्यहरूले नजिकबाट हेरीररेको पनि सो वक्तव्यमा उल्लेख गरिएको छ।

करिब ३ हजार भन्दा बडी डेलिगेटहरूको बहुमतलाई अवमूल्यन गरेर केही दर्जन डेलीगेट र बिचौलियहरुले गरेको आइसीसी अधिवेशनप्रति हाम्रो आपत्ती छ साथै, यस अधिवेशनमा एनसीसीहरुको कमजोर भूमिका र सहकार्यले आफु च्याप्टरहरुलाई लज्जित् भनिएको र निकट भविश्यमा यस्तो नहोस भन्ने च्याप्टरले अपेक्षा गरेका छौँ वक्तव्यमा भनिएको उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...