News Portal

मोरङ जिल्लाको रंगेलीमा १४ औं राष्ट्रियपति खेलकुद शुरु

हिमालीसंचार संवाददाता
२९५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाले १४ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको खेल रंगेलीमा शुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’’ भन्ने मुल नाराका साथ खेल शुरु भएको हो । नगर स्तरीय सो खेल चैत्र १६ गतेदेखि १८ गतेसम्म संचालन हुने छ ।

नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय र नीजि बिद्यालयलाई समावेश गरि १७  विद्यालयबाट बिधार्थीहरु उक्त खेलमा सहभागी भएका छन्। खेलमा कक्षा-९ देखि १२ सम्मका छात्र, छात्राहरुको उपस्थिति समेत रहेको छ । 

उद्घाटन खेलमा प्रमुख अतिथि नगरपालिका मेयर दिलिप बगडिया, उपमेयर केशव कुमारी खराल बिष्ट अतिथि  प्रशासकीय अधिकृत  नवराज कार्की,  अतिथिहरु शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डित, वडाअध्यक्ष, सदस्य स्थानीय बुद्धिजीवी लगायतले खेलको उद्घाटन गरेका थिए ।  

खेलमा प्रथम, द्वितीय र तृतीय हुनेलाई सहित सिल्ड र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा दौड, कवडी, भलिबल, सटफुट, हाईजम्प खेल खेलाईने छ । खेल जनता क्याम्पसको खेल मैदानमा भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...