News Portal

महाराजगञ्ज क्षेत्रमा सुरक्षा सतर्कताः करिब २५० प्रहरी परिचालन, ८ ठाउँमा एम्बुसिङ

हिमाली संचार संवाददाता
५०६ पटक

काठमाडौं – महानगरीय प्रहरी परिसर, काठमाडौंले नजिकिँदै गरेको चाडबाडलाई लक्षित गरी ‘चाडबाड विशेष सुरक्षा योजना–०७५’ सार्वजनिक गरेसँगै महानगरीय प्रहरी वृत, महाराजगञ्जले परिसरकै सुरक्षा योजना अन्तर्गत रहेर विशेष सुरक्षा सर्तकता बढाएको छ ।

चाडबाडको समयमा हुन सक्ने सम्भावित अपराधिक घटना तथा सवारी दुर्घटनालाई नियन्त्रण गर्न परिसरसँगै समन्वय गरेर विशेष सुरक्षा सर्तकता योजना ल्याएको कार्यालय प्रमुख डिएसपी फडिन्द्र प्रसाईले जानकारी दिए ।

‘महाराजगञ्ज क्षेत्रमा जम्माजम्मी करिब २५० प्रहरी परिचालन गरिएको छ,’ डिएसपी प्रसाईंले भने, ‘विशेष सुरक्षा योजनासहित प्रहरीले स्थानीयलाई सुरक्षा दिने हुँदा ढुक्क भएर चाडबाड मनाउन आग्रह गर्दछु ।’

एम्बुसिङ महाराजगञ्ज क्षेत्रका मुख्य ८ विशेष स्थानमा परिचालन गरिने उनले बताए । डिएसपी प्रसाईंका अनुसार अहिले राति १ बजेदेखि ४ बजेसम्म परिचालन गरिएको छ । आइतबारदेखि ११ बजेदेखि ३ बजेसम्म सादा पोसाकमा ४/४ जनाको टोली बनाएर प्रहरी परिचालन गरिनेछ ।

त्यस्तै, चाडबाडलाई नै लक्षित गरी लागुऔषध कारोबार समेत फस्टाउन सक्ने पूर्वानुमानसहित प्रहरीले नयाँ बसपार्क, बुढालिनकण्ठ, धुम्बाराहीसहितका क्षेत्रमा प्रहरी चेकिङ कडाईका साथ गर्ने भएको छ ।

यस्तै बुढानिलकण्ठ, बाँसबारी, गोगंबुलगायतका क्षेत्रमा सातवटा सिआरबी गाडीमार्फत चाडबाड सुरक्षा विशेष अभियानलाई प्रसारप्रसार गरिएको पनि उनले जानकारी दिए । प्रचारप्रसार तीन सिफ्टमा गरिएको छ ।

पहिलो चरण बिहान ८ बजेदेखि १० बजेसम्म, दोस्रो चरण दिउँसो २ बजेदेखि ३ बजेसम्म र तेस्रो चरण साँझ ६ बजेदेखि ७ बजेसम्म प्रचारप्रसार गरिएको उनले बताए ।

नागरिकको आवश्यकता अनुसार कुनैपनि समयमा प्रहरी सेवाबाट बञ्चित नरहने अवस्था निर्माणका लागि महाराजगञ्ज प्रहरी वृतले २४ सैं घण्टा जनशक्तिलाई प्रभावकारी तबरले परिचालन गरिएको उनले जानकारी दिए ।

त्यस्तै, सडक दुर्घटना न्यूनिकरणका यात्रुबहाक बसले सिट क्षमताभन्दा बढी यात्रु ओसार्न खोजे वा भाडा असुलीमा मनोमानी गर्न खोजेमा नियन्त्रण गरिने प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...