News Portal

महाराजगञ्ज क्षेत्रमा सुरक्षा सतर्कताः करिब २५० प्रहरी परिचालन, ८ ठाउँमा एम्बुसिङ

हिमाली संचार संवाददाता
५५८ पटक

काठमाडौं – महानगरीय प्रहरी परिसर, काठमाडौंले नजिकिँदै गरेको चाडबाडलाई लक्षित गरी ‘चाडबाड विशेष सुरक्षा योजना–०७५’ सार्वजनिक गरेसँगै महानगरीय प्रहरी वृत, महाराजगञ्जले परिसरकै सुरक्षा योजना अन्तर्गत रहेर विशेष सुरक्षा सर्तकता बढाएको छ ।

चाडबाडको समयमा हुन सक्ने सम्भावित अपराधिक घटना तथा सवारी दुर्घटनालाई नियन्त्रण गर्न परिसरसँगै समन्वय गरेर विशेष सुरक्षा सर्तकता योजना ल्याएको कार्यालय प्रमुख डिएसपी फडिन्द्र प्रसाईले जानकारी दिए ।

‘महाराजगञ्ज क्षेत्रमा जम्माजम्मी करिब २५० प्रहरी परिचालन गरिएको छ,’ डिएसपी प्रसाईंले भने, ‘विशेष सुरक्षा योजनासहित प्रहरीले स्थानीयलाई सुरक्षा दिने हुँदा ढुक्क भएर चाडबाड मनाउन आग्रह गर्दछु ।’

एम्बुसिङ महाराजगञ्ज क्षेत्रका मुख्य ८ विशेष स्थानमा परिचालन गरिने उनले बताए । डिएसपी प्रसाईंका अनुसार अहिले राति १ बजेदेखि ४ बजेसम्म परिचालन गरिएको छ । आइतबारदेखि ११ बजेदेखि ३ बजेसम्म सादा पोसाकमा ४/४ जनाको टोली बनाएर प्रहरी परिचालन गरिनेछ ।

त्यस्तै, चाडबाडलाई नै लक्षित गरी लागुऔषध कारोबार समेत फस्टाउन सक्ने पूर्वानुमानसहित प्रहरीले नयाँ बसपार्क, बुढालिनकण्ठ, धुम्बाराहीसहितका क्षेत्रमा प्रहरी चेकिङ कडाईका साथ गर्ने भएको छ ।

यस्तै बुढानिलकण्ठ, बाँसबारी, गोगंबुलगायतका क्षेत्रमा सातवटा सिआरबी गाडीमार्फत चाडबाड सुरक्षा विशेष अभियानलाई प्रसारप्रसार गरिएको पनि उनले जानकारी दिए । प्रचारप्रसार तीन सिफ्टमा गरिएको छ ।

पहिलो चरण बिहान ८ बजेदेखि १० बजेसम्म, दोस्रो चरण दिउँसो २ बजेदेखि ३ बजेसम्म र तेस्रो चरण साँझ ६ बजेदेखि ७ बजेसम्म प्रचारप्रसार गरिएको उनले बताए ।

नागरिकको आवश्यकता अनुसार कुनैपनि समयमा प्रहरी सेवाबाट बञ्चित नरहने अवस्था निर्माणका लागि महाराजगञ्ज प्रहरी वृतले २४ सैं घण्टा जनशक्तिलाई प्रभावकारी तबरले परिचालन गरिएको उनले जानकारी दिए ।

त्यस्तै, सडक दुर्घटना न्यूनिकरणका यात्रुबहाक बसले सिट क्षमताभन्दा बढी यात्रु ओसार्न खोजे वा भाडा असुलीमा मनोमानी गर्न खोजेमा नियन्त्रण गरिने प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...