आज : २०२६-०६-०८, सोमबार

गजल

म लड्दा हेर्नेको ठुलो जमात देखियो,
कसैको भरोसामा विश्वासघात देखियो।

हिजो म रुदानि जसले सम्झाएको थियो,
उसको आँखामा आँशुको वर्षात देखियो।

जसले परिश्रम गरी अनाज फलाउछ,
तर उही भोकै बसेको दिनरात देखियो।

मैले उसलाई फूल पठाएको थिँए आज,
फूलको बदलामा काडा सौगात देखियो।

यो चोट मलाई अरु कसैले दिएको हो,
डाक्टर भन्नुहुन्छ जन्मजात देखियो।।

अम्बिका काेइराला
– धुनिबेशी-६ धादिङ।