News Portal

नेपाली दूतावास कुवेतद्वारा रक्तदान कार्यक्रम सप्पन्न

हिमालीसंचार संवाददाता
३९६ पटक

कुवेत–कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको भएको ५० औँ वार्षिकोत्सवको सन्दर्भमा नेपाली राजदूतावास, कुवेतले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रम १२ बजेबाट भने पनि २ बजेबाट शुरु भएकाे थियाे।

स्थानीय नेपाली समुदाय समेतको सहयोगमा कुवेतको सेन्ट्रल ब्लड बैंक, जाब्रियामा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको थियाे।कुवेतको लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी तथा कुवेत सरकार स्वास्थ्य र परराष्ट्र मन्त्रालयका सहभागि अतिथिहरूले संयुक्त रूपमा रिवन काटी कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भण्डारीले सन् १९७२ मा नेपाल र कुवेत राज्य बीच कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात दुई देशबीच आपसी मित्रता र सहयोगका क्षेत्रमा भएको विकास, सुमधुर मैत्रीपूर्ण सम्बन्धलाई थप अभिवृद्धि गर्न दुवै पक्षबाट हुँदै आएका कामकारबाहीहरूबारे उल्लेख गर्दै यहाँ रहेका नेपालीहरूले जनस्तरसम्म आपसी सम्बन्ध विस्तार गर्न पुर्याएको सहयोगको सराहना गर्नुभयो।

उहाँले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वर्ष प्रवेशका अवसरमा आयोजित रक्तदान कार्यक्रममा स्वतस्फूर्त रूपमा सहभागी भई मानवीय सेवाको यो पवित्र कार्यमा सहयोग पुर्याएकोमा कुवेतमा रहेका नेपाली समूदायलाई विशेष धन्यवाद दिनुभयो।

उहाँले रक्तदानका लागि आवश्यक वातावरण जुटाउनुका साथै कार्यक्रममा सक्रिय सहभागिता जनाएकोमा कुवेत सरकार परराष्ट्र मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू सेन्ट्रल ब्लड बैंकका निर्देशक, डाक्टर तथा नर्सहरू लगायत सम्बद्ध सम्पूर्ण पदाधिकारी एवं कर्मचारीहरू प्रति आभार प्रकट गर्नुभयो। रक्तदान कार्यक्रममा ११४ जना भन्दा माथिले रक्तदान गरेका थिए।

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...