News Portal

दशैँ खर्च लिन आउन पत्रकारहरुलाई सञ्चारमन्त्रीले दिएको निम्तोप्रति महासंघको आपत्ती

हिमाली संचार संवाददाता
७३७ पटक

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपालका पत्रकारलाई दशैँ खर्च लिन सार्वजनिक आह्वान गरेकोप्रति नेपाल पत्रकार महासंघले आपत्ती जनाएको छ । बिहीबार संसदको विकास समितिमा उक्त समितिको बैठकको समाचार संकलनका लागि उपस्थित भएका पत्रकारहरुलाई यसरी दशैँ खर्च लिन सार्वजनिक रुपमा आह्वान गरेका थिए।

पत्रकार महासंघका महासचिव रमेश विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्- समितिको बैठकमा मन्त्री बास्कोटाले अभद्र ढंगले प्रस्तुत हुँदै आमसञ्चार क्षेत्रमाथि आक्षेप लगाउनु आपत्तिजनक छ । मन्त्री बास्कोटाले पत्रकारहरुलाई ‘दशैँ आएको छ, खर्च पुगेन भने लिन आउनु भनी दिएको अभिव्यक्तिले आम पत्रकारहरुको अपमान भएको छ ।’

उनले विज्ञप्तिमा भनेका छन्  ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी सूचना, सन्देश र विज्ञापन सरकारी सञ्चार माध्यमहरुलाई प्राथमिकतामा राखेर दिनु भनी सबै मन्त्रालय, तिनका निकायहरु तथा संवैधानिक निकायहरुमा पत्राचार गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

सरकारी विज्ञापनमा सबै सञ्चार माध्यमको समान पहुँचका लागि समानुपातिक विज्ञापन वितरणको प्रक्रिया अघि बढिरहेका बेला यस्तो किसिमको पत्राचार हुनु उचित नभएको महासंघको ठहर छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सरकारी सूचना सरकारी सञ्चार माध्यमलाई प्राथमिकतामा राखेर दिनू भन्ने पत्राचारले नियन्त्रित सूचनाको प्रवाह हुने खतरा रहने र त्यसले प्रेस स्वतन्त्रतालाई नै कुण्ठित बनाउने महासंघको ठहर छ ।’

महासंघले सिंगो प्रेसजगतप्रति आक्षेप र अपमानजनक व्यवहार बन्द गर्न र सबै सञ्चार माध्यमप्रति समान व्यवहार देखाउन सरकारसँग माग गरेको छ ।

बिहिबार संसदीय समितिको बैठकको समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरुलाई पूर्व पत्रकार समेत रहेका सञ्चारमन्त्रीले हप्कीदप्कीसहित यसरी पत्रकारलाई पैसा लिन आह्वान गरेका थिए ।

समितिमा उनलाई नेपाल टेलिकममा दिगम्बर झाको नियुक्ति किन गर्नु परेको हो भनेर उनीसँग समितिले स्पष्टीकरण लिएको थियो ।  सो  क्रममा उनले सांसद तथा समितिका सभापतिलाई समेत हप्कदप्की गरेका थिए ।  सो निर्णयबाट रिसाएका सञ्चारमन्त्रीले रिस पत्रकारसँग पोखेका थिए।

यो पनि पढ्नुहोस।
संसदीय समितिको निर्णयमा सञ्चारमन्त्रीको हस्तक्षेप, पत्रकारमाथि आरोपै आरोप ! 

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...