आज : २०२६-०६-०८, सोमबार

ए जिन्दगी !

जिन्दगीलाई नाटकको संज्ञा दिन्छन् यहाँ
आफ्नो जिन्दगीदेखि वाक्क हुनेहरु

जिन्दगीलाई बोतलको संज्ञा दिन्छन् यहाँ
मर्नदेखि डराएर बाँच्न खोज्ने यी कातरहरु

जिन्दगीको परिभाषा पत्ता लगाउदैछन् यहाँ
हजारौं समाजलाई धोका दिएर

जिन्दगीको धरातललाई स्वीकार गर्दैछन् यहाँ
आफ्नो निर्वाण प्राप्त हुन नसक्नेहरु

जिन्दगीको साँध र सीमारेखा कोर्न चाहन्छन् यहाँ
आफ्नो देशान्तरलाई स्वीकार गर्न नसक्नेहरु

जिन्दगीलाई उपभोग गर्न चाहन्छन् यहाँ
अर्काका अनन्त इच्छा कामना फुटाउनेहरु

जिन्दगीलाई लुटाउन चाहन्छन् यहाँ
समाजमा प्रेमको परीक्षामा सफल हुन चाहनेहरु….!!

ऋतु सिंह
     चितवन।