News Portal

व्यक्तिगत तहमै ओली–नेपाल घोचपेच

हिमालीसंचार संवाददाता
२६९ पटक

काठमाडौँ। करिब ५० वर्ष एउटै पार्टीमा काम गरेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमालेबाट आठ महिनाअघि विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालबीच व्यक्तिगत रूपमै आरोप- प्रत्यारोप चल्दै आएको छ।

पार्टी विभाजन यता दुई नेताबीच अहिलेसम्मै आरोप-प्रत्यारोप चल्दै आएको हो। यो क्रम अझै चल्ने सम्भावना बढेर गएको छ। शनिबार यी दुई नेताले फरकफरक कार्यक्रममा एकले अर्कोलाई घोचपेच गर्ने, आरोप-प्रत्यारोप गर्ने क्रमलाई निरन्तरता दिए।

एमाले अध्यक्ष ओली काठमाडौँमा नेपालप्रति आक्रामक बनिरहँदा माधव नेपाल भने गोरखा पुगेर ओलीमाथि खनिएका थिए। नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई ओलीले संसदबाट हुबहु अनुमोदन गराउन खोजेको तर आफूहरूले त्यसलाई व्याख्यात्मक टिप्पणीसहित सच्याएको दाबी गरेका थिए।

तर, त्यहीबेला ओलीले भने माधव नेपालले एमाले लाई दागी बनाउन खोज्दा आफूहरूले जोगाएको दाबी गरेका थिए। हरेक सार्वजनिक कार्यक्रममा यी दुई नेता आफूलाई केन्द्रमा राख्दै आरोप-प्रत्यरोपमा उत्रिने गरेका छन्। एमालेका अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष नेपाललाई सार्वजनिक रूपमा व्यक्तिगत गाली गर्दै आएका छन्। याे खबर नागरिकदैनिकमा छ।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...