News Portal

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

३२३ पटक

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार बिहान करिब २ बजेको समयमा रंगेली–५ का अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले आफ्नी २१ वर्षीया श्रीमती अम्बिका कुमारी मण्डललाई चक्कु प्रहार गरी हत्या गरेका हुन्।

मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार प्रारम्भिक अनुसन्धानमा घरेलु विवादका क्रममा कुटपिट हुँदै मुकेशले पत्नी अम्बिकामाथि चक्कु प्रहार गरेको खुलेको छ। चक्कु प्रहारबाट अम्बिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमतीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कु प्रयोग गरी आफ्नै घाँटी रेटी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालको नेतृत्वमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...