News Portal

चारबुँदे सहमति भएको थाहा छैन : ईश्वर पोखरेल

६३३ पटक

काठमाडौं – उपप्रधानमन्त्री एवम् नेकपाका नेता ईश्वर पोखरेलले आफ्नो पार्टीका एकजना अध्यक्ष प्रचण्डलाई अढाइ वर्षपछि सत्ता हस्तान्तरण गर्ने गरी लिखित सहमति भएको आफूलाई थाहा नभएको बताएका छन्।

केपी ओलीको नेतृत्वको सरकारलाई पाँच वर्षको जनादेश प्राप्त भएको बताउँदै बीबीसीसँगको कुराकानीमा उनले त्यो खण्डित हुने गरी कुनै सहमति नभएको दाबी समेत गरे।

हालै भारतीय सञ्चार माध्ययमलाई दिएको अन्तर्वार्तामा प्रचण्डले पार्टी एकीकरण गर्दा शक्ति बाँडफाँटबारे सहमति भएको बताएका थिए।

वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहकार रहेका पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले केही दिनअघि चारबुँदे सहमति भएको फेसबुकमा उल्लेख गरेका थिए।

तर नेता पोखरेलले भने, “मलाई आजको मितिसम्म त्यस्तो सहमति भएको थाहा छैन।”

पछिल्ला दिनमा माधव नेपाल लगायतका नेताले सार्वजनिक रूपमै सरकारको आलोचना गर्दै आएका छन्।

पोखरेलले सबै नेताहरूले पार्टीका निकायमा आफ्नो मत राख्नु पर्ने टिप्पणी गर्दै त्यसप्रति पनि असन्तुष्टि दर्शाए। बिबिसी

प्रतिकृया दिनुहोस्

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...