News Portal

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाको शव नेपाल ल्याउन सांसद शर्माको सरकारसमक्ष ध्यानाकर्षण

१९१ पटक

काठमाडौं, भदौ ४ – कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका र गम्भीर बिरामी परेका नेपालीको अवस्थाबारे संसदमा चासो देखाइएको छ। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधिसभा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले बुधबार प्रतिनिधिसभा बैठकमा मृतकको शव नेपाल ल्याउने र गम्भीर बिरामीको उपचारको व्यवस्था कसरी भइरहेको छ भनेर सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद शर्माले घटनाबारे पीडामा डुबेका घरपरिवारको कुरा उद्धृत गर्दै, “मृतकको शव कहिले नेपाल आइपुग्छ? बिरामीको उपचार कसरी भइरहेको छ?” भन्दै तत्काल कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।

कुवेतमा विषाक्त मदिरा सेवनका कारण अहिलेसम्म १२ जना नेपालीको मृत्यु भइसकेको छ भने केही गम्भीर बिरामी रहेका छन्। सांसद शर्माले यसबारे सरकारबाट विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...