News Portal

स्थानीय ६ वटा महानगरपालिकामा तालमेलको तयारी

हिमालीसंचार संवाददाता
२२१ पटक

काठमाडौं – नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित मुलुकका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी गरेको छ। कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूसँग तालमेल गर्नेसहितका विषयमा छलफल गरी निर्णय लिन यही चैत ११ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ।

काठमाडौं, ललितपुरलगायतका ६ वटा महानगरपालिकामा गठबन्धन दलहरूबीच भागबण्डा गर्ने र बाँकी स्थानीय तहमा स्थानीय आवश्यकताका आधारमा निर्णय गर्नेगरी पार्टीका तल्लो तहलाई नै अधिकार प्रत्यायोजन गर्ने तयारी कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताको रहेको स्रोतको दाबी छ ।

स्थानीय तह निर्वाचनमा महानगरपालिकासहित मुख्यमुख्य ठाउँमा चुनावी तालमेल हुने जानकारी दिँदै कांग्रेसका एक पदाधिकारीले भने, ‘महानगरपालिकामा भागबण्डा गर्ने र अन्य स्थानीय तहमा स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर अघि बढ्ने निर्णय बैठकले गर्नेछ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...