News Portal

कलाकार केशु पुनले कीन पूर्वमाओवादी लडाकु भन्दै आफुलाई प्रचार गरिन? उनको नालीवेली यस्तो छ

हिमालीसंचार संवाददाता
३१२ पटक

काठमाडौं – सर्जक प्रकाश सपुतको नयाँ गीत ‘पीर’ शुक्रबार युट्युबमा सार्वजनिक भएको २४ घण्टा नवित्तै विवादित भयो। गीतका विषयमा अझै पक्ष–विपक्षमा बहस भइरहेको छ । विशेषतः माओवादी नेता कार्यकर्ताले यो गीतको भिडियोमा आपत्ति जनाइ रहेका छन् । भिडियोमा एक महिला पूर्वलडाकु देहव्यापारमा संलग्न भएको दृश्यप्रति उनीहरुले आपत्ति जनाएका हुन् ।

गायक प्रकाश सपुतले ‘ म्युजिक भिडियोमा देखिएका पात्र काल्पनिक नभएको र सार्वजनिक भइरहेकै विषयवस्तु’ भएको स्पष्टिकरण दिएका छन् । उक्त म्युजिक भिडियोमा पूर्वछापामारको भूमिकामा छिन्, केशु पुनमगर (केशरी) । उनी आफ्नो दैनिक गुजारा चलाउन देहव्यापार गर्छिन। रिलमा जस्तै ‘रियल’मा पनि उनी वास्तविक पूर्वलडाकु भएको भनेर यतिबेला समाचार प्रकाशित भएका छन् । विभिन्न सञ्चारमाध्यमसँगको प्रतिक्रियामा उनले सानै उमेरदेखि जनवादी कलाकार भएर आन्दोलनमा लागेको बताएकी थिइन् । तर, उनी तत्कालीन विद्रोही शक्ति नेकपा माओवादी समर्थित जनवादी कलाकार भने होईनन् ।

गायक प्रकाश सपुतको म्युजिक भिडियो सार्वजनिक भएपछि आइतबार राति एक टेलिभिजन कार्यक्रममा उनको अन्तर्वार्ता प्रसारण भयो । कार्यक्रम प्रस्तोताले उनलाई माओवादीको पूर्वलडाकुकै रुपमा परिचय गराए । केशुले पूर्वमाओवादी लडाकुले डान्सबार, दोहोरीमा बाध्यतावस नाचेर जीवन गुजारा गर्नुपरेको र पार्टीले बेवास्ता गरेको बताइन् । ‘पीर’ को कथामा जस्तै थुप्रै पूर्वलडाकुले यौन व्यवसाय अँगाल्नु परेको वास्तविकता उनले सुनाइन् । प्रस्तोताले संवादकै बीचमा केशुले नृत्य गरिरहेको ‘जनवादी’ गीतको भिडियो देखाए । डान्स बारमा नाचेको र सांस्कृतिक पहिरनमा जनवादी गीतमा नाचेको भिडियोको तुलना गरेकी थिईन् ।

तर, कार्यक्रममा देखाइएको भिडियो भने माओवादी कलाकारको नभई राष्ट्रिय जनमोर्चा निकट रक्तिम समूहको हो । ‘आँधीको बेग बनी आउ सारा जनता…’ बोलको गीतमा शब्द÷संगीत हेमराज आश्रमको रहेको छ । गीतमा आश्रम र देवी सुनामीले स्वर दिएका छन् । आश्रम रक्तिम परिवारका सचिव हुन् । गीतको भिडियोमा मुख्य कलाकारको रुपमा पियारी थापा (सुप्रभा) छिन् । थापा राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेश सांसद हुन् ।

केशुले आफू माओवादी कलाकार भएको आसयमा अन्तर्वार्ता दिएपछि रक्तिम परिवारका केन्द्रीय सचिव हेमराज आश्रम आश्चर्यमा परेका छन् । उनका अनुसार केशुको घर बागलुङको बरेङ गाउँपालिकास्थित सुखौरामा रहेको बताईन्छ ।

सुखौरा नेकपा मसालको बढी प्रभाव भएको क्षेत्र हो । मसालको सांस्कृतिक समूह रक्तिम जीवन शर्माको नेतृत्वमा थियो । रक्तिमको सांस्कृतिक अभियान बागलुङदेखि गुल्मीसम्म पुग्थ्यो । त्यही क्रममा जोडिएकी थिइन्, केशु । ०५७/०५८ मा उनी ७/८ वर्षकी थिइन् । त्यतिबेलैदेखि उनी रक्तिम परिवारसँग नजिक भएकी थिईन्।

हेमराज आश्रम र पियारी थापाहरुले नेतृत्व गर्ने अभियानमा विभिन्न गाउँ पुगेकी थिइन् । त्यतिबेला राष्ट्रिय जनमोर्चाले माओवादीविरुद्ध भण्डाफोर अभियान नै चलाएको थियो । त्यस्तो समयमा केशु कहिल्यै माओवादी नभएको हेमराज बताउँछन् । ‘हाम्रो पार्टीले जनयुद्ध पनि भन्दैनथ्यो, सशस्त्र विद्रोह भन्थ्यो,’ उनले भने, ‘उहाँ माओवादी हुनुभएन । युद्धमा हिँडेको पनि होइन ।’ उनले भने। 

विस ०७१/०७२ सालमा केशु उच्च शिक्षा अध्ययन गर्न बागलुङबाट काठमाडौं पुगिन् । त्यतिबेला रक्तिमले नै आश्रय दिएको हेमराजले बताए । रक्तिमको सांस्कृतिक कार्यक्रम, देउसी भैलोमा उनी हिड्थिन । रक्तिमका भिडियोमा पनि उनले नृत्य गरिन् । ‘आँधीको बेग बनी…’ बोलको गीतको भिडियो विस ०७३÷०७४ सालमा तयार भएको हो । २८ वर्षीया उनी दुई वर्ष अगाडिसम्म रक्तिममै आबद्ध थिइन् ।

त्यसपछि भने मूलधारको संगीतप्रति उनको झुकाव बढ्यो । ‘उहाँ युद्धकालमा रक्तिममै हुनुहुन्थ्यो, माओवादी छापामार भएको सत्य होइन,’ हेमराजले भने, ‘उहाँले किन त्यस्तो भन्नुभयो, कहाँ के कनेक्सन छ थाहा भएन । कन्ट्रोभर्सीमा पर्दा सत्य लुक्दैन । उहाँलाई नै आत्मघाती हुन्छ ।’

यता, सुखौरामा रहेकी केशुकी आमा मनकुमारीले पनि आफ्नो छोरी सानैदेखि रक्तिम परिवारमै आबद्ध भएको बताइन् । केशु स्वयम भने विभिन्न अन्तर्वार्तामा आफू ‘जनवादी कलाकार’ भएको बताउँदा गलत तरिकाले अथ्र्याइएको दाबी गर्छिन् । ‘जनवादी कलाकार हुन माओवादीमै हुनुपर्छ भन्ने होइन,’ उनले भनिन्, ‘अन्तर्वार्ताहरुमा पनि मैले अहिले पूर्वछापामारहरुको अवस्था के कस्तो छ भनेर नेताले बुझ्नुपर्छ भनेकी छु ।’

गत शुक्रबारको टेलिभिजन अन्तर्वार्तामा भने प्रस्तोताले उनलाई ‘सशस्त्र युद्धमा माओवादी पार्टीका तर्फबाट जनवादी कलाकार’ का रुपमा परिचय दिएका छन् । हरियो रंगमा रातो कलर भएको सर्टको दाहिनेपट्टी सेतो तारा बनाइएको पहिरनमा उनी अन्तर्वार्तामा उपस्थित भएकी थिइन् । अन्तर्वार्ताभर उनले रक्तिम परिवार र राष्ट्रिय जनमोर्चामा आबद्ध भएको कतै उल्लेख गरेकी छैनन् ।

राष्ट्रिय जनमोर्चाकी गण्डकी प्रदेश सांसद पियारी थापा (सुप्रभा) केशु पुन मगरको कलाकारिताको सुरुवात नै रक्तिमबाट भएको बताउँछिन् । ‘मेरै नेतृत्वमा रक्तिम अभियानमा लिएर हिँडेको हो, नाच्न पनि हामीले नै सिकायौं,’ उनले भनिन्, ‘सांस्कृतिक अभियानदेखि सडकसम्म सँगै संघर्ष ग¥यौं । जंगल पसेर बन्दुक नै नबोके पनि परिवर्तनका लागि लड्यौं भन्नुपर्ने थियो ।’

पछिल्लो समय केशु रक्तिमको काठमाडौं महानगर समितिसँग आवद्ध रहेको आफूलाई थाहा भएको सांसद थापाले बताइन् । ‘गीतमा उहाँले आफ्नो कला प्रस्तुत गर्नुभएको हो,’ उनले भनिन्, ‘यसलाई अतिरञ्जित बनाउनु भएन ।’

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...