News Portal

साउदी जेलबाट गोरखाका कुमार रानालाई फिर्ता ल्याउन क्षतिपूर्ति रकम बुझाइयो

८०१ पटक

काठमाडौं – साउदी अरबको जेलमा रहेका गोरखाका कुमार राना मगरलाई उद्धार गरी नेपाल फर्काउन ‘गोरखा कुमार राना उद्धार अभियान’ मूल समितिले परराष्ट्र मन्त्रालयमा रकम बुझाएको छ ।

साउदी अरबमा कुमारले चलाउने गाडीको ठक्करबाट घाइते भएका साउदी नागरिकले मागेको २ लाख ९४ हजार साउदी रियाल क्षतिपूर्ति रकममध्ये मूल समितिले परराष्ट्र मन्त्रालयमा २ लाख साउदी रियाल (६२ लाख ७४ हजार  रुपैयाँ ) बुझाएको हो । बाँकी रकममध्ये ४४ हजार घाइतेले छुट गरेको र ५० हजार कुमार राना मगर कार्यरत कम्पनीले ब्यहोरेकाले मूल समितिले २ लाख रियाल पठाएको हो ।

उक्त रकम बिहीबार मूल समिति संयोजक कृष्णप्रसाद ढकाल र कुमार रानाकी पत्नी अम्बिका रानामगरले परराष्ट्र मन्त्रालयका निमित्त सचिव कृष्णप्रसाद ढकाललाई बुझाएका हुन् ।

रकम बिहीबार नै साउदीस्थित नेपाली दूतावास पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कुमार राना मगरको उद्धारका लागि नेपाल,  साउदी अरबलगायत विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायले रकम संकलन गरेका थिए । कुमार राना उद्धारका लागि सञ्चालित अभियानबाट संकलित रकम प्रभु बैंक कलंकी शाखामा जम्मा गरिएको छ । अभियानबाट करिब ७८ लाख रुपैयाँ संकलन भएको छ ।

कुमार रानाको उद्धारका लागि आवश्यक रकम संकलन भएकाले सहयोग संकलन अभियान बन्द गरिएको मूल समितिले जनाएको छ । कुमार रानाको उद्धारपछि बचत भएको रकम उनीजस्तै समस्यामा पर्ने अन्य व्यक्तिलाई सहयोग गर्ने मूल समितिको निर्णय छ ।

२०७१ सालमा साउदी अरबको खलिद एस अल कम्पनीमा काम गर्न गएका कुमारले चलाउने गाडीको ठक्करबाट २०७३ वैशाख १२ गते साउदी नागरिक खलिद विन फहाद विन सदर घाइते भएका थिए ।

घाइतेको माग अनुसार अफिफ जनरल कोर्टले २ लाख ९४ हजार साउदी रियाल क्षतिपूर्ति तिर्नुपर्ने निर्णय गरेको थियो । उक्त रकम तिर्न नसकेपछि कुमार २०७४ असोजदेखि साउदी अरबको जेलमा रहेका छन् । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...