News Portal

एनआरएनए युरोप उपसंयोजकमा बेलायतका ललित न्यौपानको उम्मेदवारी

हिमालीसंचार संवाददाता
२८८ पटक

लन्डन- बेलायतका लोकप्रिय नेपाली सामाजिक अभियन्ता तथा सफल व्यवसायी ललितकुमार न्यौपानले एनआरएनएको आसन्न अधिवेसमा युरोप क्षेत्रको उपसंयोजकमा उम्मेदवारी दर्ता गरेका छन्। उनले सोमवार अनलाइन मार्फत एनआरएन निर्वाचन समितिमा आफ्नो मनोनयन दाखिला गरे।

एनआरएनए युकेको कार्यसमिति सदस्य, सहकोषाध्यक्ष, उपाध्यक्ष र हाल अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य रहेका न्यौपाने एनआरएनएमा लागेर आफूले आर्जन गरेको ज्ञान र अनुभव युरोप क्षेत्रमा विस्तार गर्न सो पदमा उम्मेदवारी दिएको बताए। एनआरएनएका अलाबा उनी बेलायतका करिब आधादर्जन विभिन्न सामाजिक संस्थाहरुमा सल्लहाकार रहेका छन् । सहयोगी तथा सामाजिक कार्यमा दिल खोलेर सहयोग गर्ने झापा जिल्लामा घर भएका न्यौपाने अन्तर्रास्ट्रिय झापाली समाजका केन्द्रीय उपाध्यक्ष समेत छन्।

हाइली स्किल्ड माइग्रेसन प्रोग्राम अन्तर्गत २००५ मा बेलायत आएका न्यौपानेको नेपाल र बेलायतमा विभिन्न क्षेत्रमा लगानी छ । एमए, बीएलसम्म अध्ययन गरेका न्यौपानेले १७ वर्षसम्म राष्ट्रिय वाणिज्य बैँकको शाखा प्रबन्धकको अनुभव समेत छ। अध्यात्म र साहित्यमा रुची राख्ने न्यौपाने फुर्सदको समयमा मुक्तक लेख्न मन पराउँछन् । सबै मानिसलाई सुख, शान्ति र सम्वृद्धि पुर्याउने सपना बोकेका न्यौपाने जीवन विज्ञान युके स्थापना गराउन र सोको गतिविधि फैलाउनमा पनि क्रियाशील छन्। लामो समय एनआरस्न अभियानमा आवद्ध न्यौपाने आफ्नो उम्मेद्बारीले अनआरएनएको सबलीकरण, संस्थागत गरिमालाई दरिलो बनाउन योगदान गर्ने बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...