News Portal

शेष घले र हिराचनले बोलाए एनआरएनए बैठक

हिमालीसंचार संवाददाता
३९४ पटक

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्षहरु शेष घले र देवमान हिराचनले गैरआवासीय नेपाली संघमा जारी गम्भीर संकट आइलागेको भन्दै भेला बोलाएका छन्। भेलामा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनसीसी)का अध्यक्षहरुलाई निम्ता गरिएको छ।

गत २ मार्चमा विधान विपरीत बोलाइएको अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी)को बैठकले संरक्षक परिषद र उच्च स्तरीय समिति विघटन गर्ने तथा ७० प्रतिशत सदस्यहरु रहेका अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा र जापानका एनसीसीहरु भंग गरी पुनर्गठन गर्ने निर्णय गरेपछि संस्थाका प्रमुख संरक्षक पनि रहेका डा.घले र संरक्षक हिराचनले बैठक बोलाएका हुन्।

‘हामीले विगत ६ महिनायता विभिन्न चरणमा अनेक कोशिस गरी विवाद समाधान गर्न र संस्थाको साख बचाउन प्रयास गर्दै आइरहेका हौं, तर यो प्रयास निरन्तर खेर गइरहेको छ’ उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘असन्तुष्टिका आवाजलाई सम्बोधन गरी समस्या समाधान गर्न संघको वर्तमान नेतृत्व पुरै उदासिन देखिएको छ।’

एनआरएनएको नेतृत्व भने विवाद समाधानका लागि दिएका सुझाव पालना नगर्ने, सहमतिका आधारमा दशौं महाधिवेशन नगर्ने र संस्था कब्जा गर्ने अभियानमा केन्द्रित रहेको उनीहरुको भनाइ छ।

‘संस्थालाई दुर्घटनाबाट बचाउन तपाईं हामी सबैले एउटा कठोर कदम चाल्नुपर्ने अवस्था आएको छ’, विज्ञप्तिमा भनिएको छ। तर त्यस्तो कदम के हुन सक्छ भन्ने चाहिं खुलाइएको छैन। बैठक आइतबार, ६ मार्च (नेपालको समय अनुसार अपरान्ह ५ बजे) भर्चुअल माध्यमबाट बस्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...