News Portal

प्रदेश १ को नाम ‘कोसी’ राख्नुपर्छ – केपी ओली

हिमालीसंचार संवाददाता
३७३ पटक

झापा। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम ‘कोसी’ राख्नुपर्ने बताएका छन्। उनले अहिलेसम्म प्रदेश १ ले नामाकरण गर्न नसकेको र किन कोसी प्रदेश राख्न सकेन भन्दै आश्चर्य समेत व्यक्त गरे।

‘कोसी’ भन्दा पुरानो र ऐतिहासिक अरु कुनै सभ्यता नभएको र साझा पहिचान झल्काउने यही नाम नै उपयुक्त भएको उनको तर्क थियो।

आज (शनिबार) विर्तामोडमा आयोजित प्रेस चौतारी प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘पश्चिमदेखि पूर्वसम्म सबैतिर ढाकेको, कोसी सभ्यताबाटै उठेको, कोसीद्वारा नै सिञ्चित हाम्रो रगतमा कोसीको पानी छ।

हाम्रो रगतमा सगरमाथाको पानी छ, कञ्चनजंघाको पानी छ, मकालुको पानी छ। यसरी सर्वोच्च शिखरहरुको पानी खाने मान्छेहरुले कोसी प्रदेश नाम राख्न नसकेमा ओली थर राख्नुपर्छ, गौतम थर राख्नुपर्छ। यो सभ्यता हो ?’

उनले जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गर्दा सबैको पहिचान समेट्न नसकिने बतातए। साथै यसरी नामाकरण गरे इतिहास नै नसमेटिने उनको तर्क थियो। काेसी इतिहास, सभ्यता र साझा पहिचान भएकाले यही नामाकरण गर्न अभियान चलाउनुपर्ने समेत उनकाे भनाइ थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...