News Portal

  • रेडियो नेपाल कर्मचारी संघ ईकाई समिति सुर्खेतको १०औं अधिवेशन सम्पन्न

    हिमाली संचार संवाददाता
    ६११ पटक

    सुर्खेत – रेडियो नेपाल कर्मचारी संघ ईकाई समिति सुर्खेतको १० औं अधिवेशन बिहीबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ ।

    १० औं अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेश सुर्खेतको जिल्ला सभापति कमल राज रेग्मीले अधिवेशनको पूर्ण सफलताको  कामना गर्नु भयो । सो अवसरमा उहाँले सरकार दुई तिहाईको बहुमतले चल्ने होइन सुझबुझ र कुशल नेतृत्वले चल्ने बताउनु भयो ।

    सो अवसरमा रेडियो नेपाल कर्मचारी संघका केन्द्रिय उपाध्यक्ष तथा सार्वजनिक कर्मचारी संंघ (अपसिन) का अध्यक्ष भानुभक्त खड्काले नव प्रवेशी कर्मचारी साथीहरुलाई नयाँ जोश र जाँगरका साथ संघमा लाग्न आग्रह गर्नु भयो । यसै गरी रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका कार्यालय प्रमुख राम पुकार रामले कर्मचारीहरुलाई स्तरीय प्रसारण गर्न निर्देशन दिनु भयो ।

    सो अधिवेशनले भुपेन्द्र घर्तीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । सो समितिको उपाध्यक्षमा अनुष कुमार मेहता, सचिवमा याम वि.सी., कोषाध्यक्षमा उज्वल रोक्का मगर र सदस्यहरुमा नारायण विक्रम जि.सी., गोकर्ण पोखरेल र महेन्द्र पुन चयन हुनुभएको छ । यसै गरी अधिवेशनले केन्द्रिय पार्षदहरुमा आनन्द विश्व पन्त, बिन्तिराम महतो, नरेश सिंह थापा, भानुभक्त खड्का, नारायण बहादुर खड्का र चुडामणी पाण्डेलाई सर्वसम्मतले चयन गरेको छ ।

    रेडियो नेपाल कर्मचारी संघ सुर्खेतको निर्वतमान अध्यक्ष नारायण बहादुर खड्काको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रेस यूनियन सुर्खेतका अध्यक्ष नरेश सिंह थापा, कर्मचारी संघका पूर्व अध्यक्षद्वय आनन्द विश्व पन्त, नविन प्रकाश शाक्य र संघका पूर्व केन्द्रिय पार्षद बिन्तिराम महतो लगायतले अधिवेशनको सफलताको कामना गर्नुभएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अवैध आप्रवासीको उद्धार: अमेरिका र म्यानमारबाट फर्काइए ७२ नेपालीहरू

    काठमाडौं, मंसिर ४ – अवैध आप्रवासनमा परेका नेपालीको मुद्दा थप गम्भीर बन्दै गएको छ। यही...

    ओलीको आरोप: ‘भदौ २४ का अराजक लाभग्राहीले नै राज्यसत्ता समाते’

    काठमाडौं, मंसिर ४ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पेश गरिएको लिखित जवाफमार्फत एमाले अध्यक्ष...

    सिमरामा तनाव कायमै, कर्फ्यू जारी राख्दै प्रदर्शन नियन्त्रणमा कठिनाइ

    बारा, मंसिर ४ – बाराको सिमरा क्षेत्रमा बुधबार देखिएको तनाव आज पनि उस्तै छ। एमाले...

    रवि–छविको मुद्दा फेरि रोकियो, उच्च अदालत बुटवलमा सुनुवाइ स्थगित

    रुपन्देही, मंसिर ४ – रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दामा...

    आज २०८२ साल मंसिर ४ गतेको राशिफल

    आज मंसिर ४, २०८२ (नोभेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...