News Portal

रेडियो नेपाल कर्मचारी संघ ईकाई समिति सुर्खेतको १०औं अधिवेशन सम्पन्न

हिमाली संचार संवाददाता
६५० पटक

सुर्खेत – रेडियो नेपाल कर्मचारी संघ ईकाई समिति सुर्खेतको १० औं अधिवेशन बिहीबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ ।

१० औं अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेश सुर्खेतको जिल्ला सभापति कमल राज रेग्मीले अधिवेशनको पूर्ण सफलताको  कामना गर्नु भयो । सो अवसरमा उहाँले सरकार दुई तिहाईको बहुमतले चल्ने होइन सुझबुझ र कुशल नेतृत्वले चल्ने बताउनु भयो ।

सो अवसरमा रेडियो नेपाल कर्मचारी संघका केन्द्रिय उपाध्यक्ष तथा सार्वजनिक कर्मचारी संंघ (अपसिन) का अध्यक्ष भानुभक्त खड्काले नव प्रवेशी कर्मचारी साथीहरुलाई नयाँ जोश र जाँगरका साथ संघमा लाग्न आग्रह गर्नु भयो । यसै गरी रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका कार्यालय प्रमुख राम पुकार रामले कर्मचारीहरुलाई स्तरीय प्रसारण गर्न निर्देशन दिनु भयो ।

सो अधिवेशनले भुपेन्द्र घर्तीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । सो समितिको उपाध्यक्षमा अनुष कुमार मेहता, सचिवमा याम वि.सी., कोषाध्यक्षमा उज्वल रोक्का मगर र सदस्यहरुमा नारायण विक्रम जि.सी., गोकर्ण पोखरेल र महेन्द्र पुन चयन हुनुभएको छ । यसै गरी अधिवेशनले केन्द्रिय पार्षदहरुमा आनन्द विश्व पन्त, बिन्तिराम महतो, नरेश सिंह थापा, भानुभक्त खड्का, नारायण बहादुर खड्का र चुडामणी पाण्डेलाई सर्वसम्मतले चयन गरेको छ ।

रेडियो नेपाल कर्मचारी संघ सुर्खेतको निर्वतमान अध्यक्ष नारायण बहादुर खड्काको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रेस यूनियन सुर्खेतका अध्यक्ष नरेश सिंह थापा, कर्मचारी संघका पूर्व अध्यक्षद्वय आनन्द विश्व पन्त, नविन प्रकाश शाक्य र संघका पूर्व केन्द्रिय पार्षद बिन्तिराम महतो लगायतले अधिवेशनको सफलताको कामना गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...