News Portal

युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई ३ पटक मार्ने प्रयास सफल नभएपछि…

हिमालीसंचार संवाददाता
४५९ पटक

एजेन्सी। युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीलाइ गत हप्ता तीन पटक मार्ने प्रयास भएको छ। रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला उनलाई तीन पटक मार्ने प्रयास भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

रुस र युक्रेनबीच युद्ध भइरहेका बेला गत साता उनलाई तीन पटक गोली हानिएको बेलायती पत्रिका द टाइम्स्ले जनाएको छ। तर हत्याको प्रयास रुसी एजेन्सीहरुकै कारण विफल भएको थियो।

रुसी ‘फेडरल सिक्योरिटी ब्यूरोको’का कर्मचारी युक्रेन युद्धको विपक्षमा थिए। उनीहरु पुटिनले युक्रेनमाथि गरेको हमलाको पक्षमा थिएनन्। जसले गर्दा जेलेन्स्की बाँच्न सफल भए। जेलेन्स्कीले आफ्नो देशप्रति देखाएको वफादारितालाई लिएर अहिले उनको सबैतिर प्रशंशा गरिएको छ।

कहिले उनी आफै युद्ध मैदानमा उत्रिएका तस्वीरहरु सार्वजनिक भएका छन् भने कहिले उनी आफ्नो देशको रक्षार्थ आफ्ना देशका सेनाहरुलाई हौसला बढाइरहेका छन्। रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको एक हप्ता भइसकेको छ।

यसमा कैयन युक्रेनी नागरिकको मृत्यु भइसकेको छ भने, १० लाख बढी युक्रेनका नागरिक युद्धबाट बच्न छिमेकी देशमा शरण लिन पुगेका छन्। रुसले युक्रेनका विभिन्न शहर आफ्नो नियन्त्रणका लिएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार रुसले जेलेन्स्कीको हत्या गर्न विभिन्न समूह परिचालित गरेको थियो।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...