News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सफलताको कथा: अबुधाबीको नेपाली व्यावसायिक क्षेत्रमा जमेका केशव कार्की

    हिमालीसंचार संवाददाता
    १६३ पटक

    अबुधाबी – युएईको राजधानी अबुधाबीको केन्द्र इलेक्ट्रा एरियामा रियल स्टेटको क्षेत्रमा केशव कार्की बिगत १ दशकदेखि जमेर बसेका छन् ।

    करिब ९ वर्ष अनौपचारिक ढंगले सीमित भवनहरु ठेक्कामा लिएर रियल स्टेटको क्षेत्रमा छिरेका कार्कीले गत वर्षदेखि औपचारिक रूपमा कम्पनी दर्ता गरेर हजारौंलाई वासस्थान उपलब्ध गराउने काम गरिरहेका छन् । तर, महिनामा लाखौं दिरामको कारोबार गर्ने कार्की युएईको नेपाली व्यावसायिक क्षेत्रमा भने लगभग गुमनाम छन् ।

    “व्यापारीले व्यापार गर्ने हो- राजनीति गर्ने होइन” भन्ने मान्यता राख्ने कार्की युएईको संस्थागत गतिविधिमा कतै देखिदैनन तर पर्दा पछिबाट दु:ख, पाएका, बासस्थान गुमाएका नेपालीहरुलाई सहयोग गर्न भने पछि पर्दैनन् ।

    एनआरएनए युएईको अबुधाबीले सिफारिस गरेका धेरैलाई बस्नको लागि कोठा उपलब्ध गराएका कार्कीले वास्तविक समस्यामा परेका नेपालीहरुलाई आफ्नो कम्पनीमा काम पनि दिलाएका छन् ।

    उमेर सानो, उपलब्धि ठुलो – नेपालमा सशस्त्र प्रहरीको जागिर  छाडेर अबुधाबीको सेक्युरी गार्ड कम्पनीमा सेक्युरिटी गार्डको काम गर्न आएका रामेछापका कार्की उमेरले ३२ मात्रै लागेका छन् । २२ बर्षको अल्लारे उमेरमा युएई छिरेका कार्कीले सेक्युरिटी गार्डको काम गरिरहेकै अवस्थामा कम्पनीले उपलब्ध गराएको आवासमा खानपान नमिलेकाले कार्कीले सहरी क्षेत्रमा बाध्यताले बस्नुपर्ने भयो ।  तर, सहरी क्षेत्रमा कोठा/बेड स्पेस पाउन त्यो बेला सजिलो थिएन । एक जना साथीले उनको नाममा फ्लाट लिएर कारोबार गरेका थिए । ती साथीले फ्लाट व्यवस्थापनको जिम्मा कार्कीलाई नै सुम्पिए पछि बाध्यताले गर्दा यो व्यावसायमा हाम फालेको कार्की स्वीकार गर्छन् । 

    परिबन्दमा परेपछि कार्कीले आफ्नो नाममा अरु पनि फ्लाट लिएर पार्टेसन गरी भाडामा लाउने काम सुरु गरेका थिए ।  पहिला फ्लाट पाउस सहज थिएन । अबुधाबीको केन्द्रमै पर्ने इलेक्ट्रा एरियामा कुनै बेला ५० वटासम्म फ्लाट लिएर हजारौंलाई आवास उपलब्ध गराएका कार्कीले अहिले  १६ वटा भवनमा ४५ वटा फ्लाट मार्फत कारोबार गरिरहेका छन् ।

    हिजोआज युएईका सबै इमिरेट्समा फ्लाट भाडामा लिएर कोठा तथा बेडस्पेस उपलब्ध गराउने नेपालीहरु सयौंको संख्यामा भेटिन्छन् तर युएईको सरकारी निकायमा आधिकारिक रूपमा कम्पनी दर्ता गरी रियल स्टेटको ठुलो मात्रामा कारोबार गर्नेमा कार्की नै पहिला व्यावसायी हुन् । ब्लेजिङ स्टार नामको उनको कम्पनीले रियल स्टेटका अतिरिक्त क्लिनिङ कम्पनी पनि संचालन गर्दै आएको छ । क्लिनिङ कम्पनीमा नेपाली, भारतीय, बंगाली, फिलिपिना, केन्या गरी ७५ जना कामदारहरु रहेका छन् ।

    यसका अतिरिक्त इलेक्टि्रकल र प्लम्बिङका सामग्रीहरुको कारोबार गर्ने नयाँ ट्रेडिङ सप संचालनको तयारीमा रहेको छ । दस दिराममै नेपाली खाना, मम, चाउमिन उपलब्ध गराउने लक्ष्य लिएर एउटा रेस्टुरेन्ट संचालन गर्ने उनले योजना बनाएका छन् । युएईका अधिकांश नेपाली रेस्टुरेन्टमा महगो शुल्क तिर्नु परेको गुनासोलाई मध्यनजर गरी सफा, सस्तो र गुणस्तरीय खानाका परिकारको कारोबार गर्न सकिने उनले बताएका छन् ।

    सादा जीवन-उच्च विचार – काममा विस्वास गर्ने व्यावसायी केशव कार्की आफ्ना कामदारहरुसँगै कहिलेकाही काम  गरिरहेका देखिन्छन् । हाफपेन्ट र चप्पलमै अबुधाबी एरियामा  काममा कहिलेकाही भेटिने कार्की आफुलाई मालिक ठान्दैनन । आफू स्वरोजगारी सम्झने कार्की मनकारी व्यक्तित्वका धनी छन् । 

    आफ्ना सामान्य कामदारहरुलाई मासिक तलब ५० हजार नेपाली रुपैयाँभन्दा बढी दिएका कार्की कामदारहरुबाट पनि सकारात्मक सपोर्ट पाएको बताउँछन् ।

    नेपालीलाई मालिक बनाउने सपना – युएईमा नेपाली व्यावसायीहरुको संख्या सानो छ । व्यापार-व्यावसायको धेरै राम्रो सम्भावना भएको युएईमा नेपालीहरुले कामदार मात्रै होइन, मालिक पनि बन्नुपर्छ भन्ने कार्कीको सोच रहेको छ । केही नेपालीहरुलाई उनले व्यावसाय गर्न कानुनीदेखि आर्थिक सहयोग समेत गरेका छन् । पहिलापहिला आफ्नो व्यावसायसँग प्रतिस्पर्धा गर्नेहरुदेखि उनलाई रिस उठथ्यो रे । तर व्यावसायिक सहकार्य गर्दा सबैलाई फाइदा हुने कुरा अहिले उनले बुझेकाले यो क्षेत्रमा आउन चाहनेलाई सकेको मदत गर्ने गरेका छन् ।

    युएईमा नेपालीहरु श्रमिक मात्रै होइन, व्यावसायी पनि छन् भनेर प्रमाणिात गर्ने उनको सपना रहेको छ । आफ्नो प्रेरणाले अन्य सर्वसाधारण नेपालीले आर्थिक, पेशागत र व्याक्तिगत प्रगति गर्न सकोस् भन्ने उनको मनशाय रहेको छ ।

    योजनामा नमुना कृषि फार्म – युएईमा जेजति गरे पनि अन्ततः नेपालमै दिगो आम्दानीको श्रोत हुनुपर्छ भन्ने मान्यता कार्कीले लिएका छन् । नेपालको अस्थिर राजनीति र सामाजिक परिवेशमा सानो लगानीमा प्रवासी नेपालीहरुले तत्काल केही काम गर्न नसकिने भएकाले सामुहिक लगानीमा बृहत् नमूना कृषि फार्मको योजना  कार्की बनाएका छन् । 

    रिदिम कृषि तथा पशुपालन प्रा.लि दर्ताको तयारीमा रहेको कार्की बताएका छन् । पशुपालन, माछापालन, तरकारी तथा फलफुल उत्पादन लगायतको एकीकृत नमूना कृषि  प्रोजेक्टको सपना युएईबाट देखेर नेपालका सबै जिल्लाका मानिसलाई सेयर दिएर मालिक बनाउने योजना उनले बनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख २५, २०८२ (मे ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ‘अपरेसन सिन्दुर’ मार्फत भारतको कारबाही, मसूद अजहरको परिवारको मृत्यु

    काठमाडौं, वैशाख २४ – २५ वर्षअघि काठमाडौंबाट अपहरणमा परेको ‘आइसी–८१४’ विमान काण्डसँग जोडिएका कट्टर आतङ्ककारी...

    वडाध्यक्षको दुर्व्यवहारले पोखरा महानगरमा तनाव, कर्मचारी र व्यवसायी आन्दोलित

    पोखरा, वैशाख २४ – पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको हातपातले मंगलबार पोखरा तातेको छ।...

    राक्सिराङमा बोलेरो जिप दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था चिन्ताजनक

    हेटौंडा, वैशाख २४ – मकवानपुर जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिका–९, अठारे भन्ने स्थानमा आज बिहान...

    विशाल बजारबाट हुण्डी कारोबारमा संलग्न दुईजना पक्राउ, ४० लाखभन्दा बढी नगद बरामद

    काठमाडौं, वैशाख २४ — काठमाडौंको मुख्य व्यापारिक केन्द्र विशाल बजारस्थित एक कम्पनीको भुइँतलाबाट प्रहरीले मंगलबार...