News Portal

  • सुत्केरी व्यथा लागेकी महिलाको जिल्ला अस्पतालमा नै मृत्यु

    हिमालीसंचार संवाददाता
    २५८ पटक

    उदयपुर। उदयपुरमा एक गर्भवति महिलाको ज्यान गएको छ। सुत्केरी व्यथा लागेपछि ३ दिनअघि जिल्ला अस्पताल भर्ना भएकी उदयपुरगढी गाउँपालिका-७ नेपालटारकी ३२ वर्षीया सिता कार्कीको शुक्रबार बिहान २ बजे मृत्यु भएको हो।

    मृत्युको कारण अस्पतालले अहिलेसम्म सार्वजानिक गरेको छैन। मृतकका आफन्तले भने अस्पतालको चरम लापरवाहीले मृत्यु भएको बताएका छन्। बिरामीसँगै अस्पतालमा रहेका आफन्तले सुत्केरी व्यथा लागेपछि डिउटीमा रहेका महिला कर्मचारीलाई डाक्टर बोलाउन पटकपटक आग्रह गर्दा एक पटक पनि डाक्टर नबोलाइदिएका कारण मृत्यु भएको बताएका छन्।

    मृतककी बहिनी सुमित्रा पोखरेल कार्कीले भनिन्, ‘बच्चा जम्माउन नसकेपछि दुई पटकसम्म बेहोस भएर दिदी ढल्नु भयो, हामीले यहाँ उपचार सम्भव नभए बाहिर लैजान्छौ भन्यौं तर लैजान पनि दिइएन, डाक्टर पनि बोलाइएन।’

    ‘थप उपचारका लागि बाहिर लैजानसमेत नदिने’, उनले भनिन्, ‘कम्तिमा बाहिर लगेको भए बिरामी बचाउन सकिन्थ्यो, यो हदसम्मको लापरवाही क्षम्य छैन, त्यसैले कारवाही हुनु पर्दछ।’ सँगै उपचार गराउँदै गरेकी अर्की महिलाले विरामीलाई उदृत गर्दै भनिन्, ‘म प्रसव पीडामा छु, सामान्य अवश्था बच्चा जन्माउन सक्दिनँ, अप्रेसन गरिदिनुस्।’

    कार्कीको यो तेश्रो सन्तान हो। उनका यसअघिका दुई वटै छोरी छन्। मृतक कार्कीको शव अहिलेसम्म बेडमै छ। ६ घण्टा बितिसक्दासमेत आफन्तले शव बुझेका छैनन्। आफन्तले लापरवाही गर्ने डाक्टरलाई कारवाहो र क्षतिपुर्ति नभएसम्म शव नबुझ्ने बताएका छन्। घटनाको विषयलाई लिएर अस्पताल व्यवस्थापन समितिको बैठक जारी रहेको छ। भरत खड्काले अन्नपूर्णपोष्टमा खबर लेखेका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३० गतेको राशिफल

    आज भदौ ३०, २०८२ (सेप्टेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...

    ब्याण्डेज हातले अर्काे कुटे, रिपोर्टर्स क्लबमा आफैं मार खाए

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका सहिद परिवारसँगै संस्थापक सुधन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन...

    सुधन गुरुङको खुलासा : “सचिवलाई थर्काएँ, राष्ट्रपति निवासको पानी समेत पिएन”

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले शीतल निवासमा भएको आफ्नो अनुभव सार्वजनिक...

    मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार, श्रीमान बाँधिएको अवस्थामा घटना

    मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि...