News Portal

२५ मार्चमा नेपाली दूतावास कुवेतकाे आयाेजनामा रक्तदान कार्यक्रम

हिमालीसंचार संवाददाता
६८६ पटक

कुवेत – रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन। स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ। आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो।

नेपाली राजदूतावास कुवेतको आयोजना तथा कुवेतमा कार्यरत नेपाली समुदायको सहयोगमा कुवेतको सैन्ट्रल ब्लड बैंक जाब्रियामा आगामी २५ मार्च २०२२ शुक्रवारका दीन रक्तदान कार्यक्रम हुने भएको छ।

सन्‌ १९७२ मा नेपाल र कुवेत राज्यबीच कूटनीतिक सम्बन्ध स्थापना भई यो वर्ष (सन्‌ २०२२ मा) ५० वर्ष पुरा भएको कूटनीतिक सम्बन्ध स्थापनाको यो ५० औ वार्षिकोत्सवको शुभ अवसरलाई विविध कार्यक्रम गरी
मनाउने क्रममा नेपाली राजदूतावास कुवेतको आयोजना तथा कुवेतमा रहेका नेपाली समुदायको सहयोगमा रक्तदान कार्यक्रम गर्न लागिएको हो।

स्वास्थ्यकर्मीहरूबाट रक्तदान गर्नु पूर्व रक्तदान केन्द्रमा सामान्य स्वास्थ्य परिक्षण पश्चात् मात्र रक्तदान गर्ने सकिने दूतावसले जनाएको छ। यस विशेष अवसरमा आयोजना हुने पवित्र कार्य (रक्तदान कार्यक्रम)मा स्वतः स्फूर्त सहभागिताका लागि समेत कुवेतमा कार्यरत नेपालीहरुलाई नेपाली राजदूतावास कुवेतले आग्रह गरेको छ।

रक्तदाताहरूले रक्तदान गर्नु भन्दा पहिले र गरे पस्चात ध्यान ढिनु पर्ने कुराहरू:

रक्तदान गर्नु भन्दा पहिले:
१) साधारण पौष्टिक खाना खाले, भोको पेट हुनु हुन्न।
२) रक्तदान गर्नु पहिले प्रसस्त पानी पिउने।
३) अघिल्लो रात प्रसस्त सुत्ने।
४) आफ्नो परिचय पत्र (सिमिल आईडी वा पासपोर्ट कपी) साथमा लिएर जाने।

रक्तदान गरी सके पस्चात्:
१) केही हल्का खाजा खाने वा जुस पिउने।
२) पानी वा जुस प्रसस्त पिउने।
३) घेरै हिड्दुल नगरि केही बेर आराम गर्ने।
४) कमसेकम रक्तदान गरेको २४ घण्टा सम्म भारी काम नगर्ने।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...