News Portal

मलेसियामाको सेलांगोर प्रान्तको खानीको पोखरीमा हराएका किशोरको उद्धार गर्न गएका ६ गोताखोरको पानीमा डुबेर मृत्यु भएको छ 

हिमाली संचार संवाददाता
७०८ पटक

मलेसियामाको सेलांगोर प्रान्तको खानीको पोखरीमा हराएका किशोरको उद्धार गर्न गएका ६ गोताखोरको पानीमा डुबेर मृत्यु भएको छ । बुधबार दिउँसो साथीहरूसँग माछा मार्न गएका १७ वर्षीय किशोर पोखरीमा खसेपछि उनको खोजी गर्न उद्धारकर्मीलाई परिचालन गरिएको थियो ।

अधिकारीका अनुसार उद्धारकर्मी पोखरीभित्रको भुमरीमा फसेका थिए । पोखरीबाट निस्कने प्रयास गरेका उनीहरुका उपकरण शक्तिशाली जलप्रवाहले छुट्टाइदिएपछि उनीहरु आफैं पानीमा फनफनी घुमेका थिए । हराएका किशोरको खोजी अभियान बिहीबार फेरि थालिएको अधिकारीले जनाएका छन् ।

विवरणहरूका अनुसार माछा मार्न सुरु गर्न लाग्दा ती किशोर पोखरीमा खसेका थिए । ती उद्धारकर्मीले सुरक्षाका लागि आवश्यक सबै उपाय अवलम्बन गरेको सेपाङका प्रहरी प्रमुख अब्दुल अजिज अलीले बताए ।

अग्नि नियन्त्रण र उद्धार विभागका महानिर्देशक मोहम्मद हम्दान वाहिदले किनारामा रहेको टोलीलाई उदृत गर्दै भने, ‘पोखरीको भुमरीले घुमाएपछि उद्धारकर्मीले उम्कन निकै संघर्ष गरेका थिए ।

उनका अनुसार उद्धारकर्मी करिब आधा घण्टा भुमरीमा फसेका थिए । अरू सहकर्मीले उद्धार गर्दा सबैजना अचेत थिए । वाहिदले भने, ‘यो हाम्रा लागि निकै दु:खद् दिन हो ।’

प्रतिकृया दिनुहोस्

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...