News Portal

मलेसियामाको सेलांगोर प्रान्तको खानीको पोखरीमा हराएका किशोरको उद्धार गर्न गएका ६ गोताखोरको पानीमा डुबेर मृत्यु भएको छ 

हिमाली संचार संवाददाता
७६६ पटक

मलेसियामाको सेलांगोर प्रान्तको खानीको पोखरीमा हराएका किशोरको उद्धार गर्न गएका ६ गोताखोरको पानीमा डुबेर मृत्यु भएको छ । बुधबार दिउँसो साथीहरूसँग माछा मार्न गएका १७ वर्षीय किशोर पोखरीमा खसेपछि उनको खोजी गर्न उद्धारकर्मीलाई परिचालन गरिएको थियो ।

अधिकारीका अनुसार उद्धारकर्मी पोखरीभित्रको भुमरीमा फसेका थिए । पोखरीबाट निस्कने प्रयास गरेका उनीहरुका उपकरण शक्तिशाली जलप्रवाहले छुट्टाइदिएपछि उनीहरु आफैं पानीमा फनफनी घुमेका थिए । हराएका किशोरको खोजी अभियान बिहीबार फेरि थालिएको अधिकारीले जनाएका छन् ।

विवरणहरूका अनुसार माछा मार्न सुरु गर्न लाग्दा ती किशोर पोखरीमा खसेका थिए । ती उद्धारकर्मीले सुरक्षाका लागि आवश्यक सबै उपाय अवलम्बन गरेको सेपाङका प्रहरी प्रमुख अब्दुल अजिज अलीले बताए ।

अग्नि नियन्त्रण र उद्धार विभागका महानिर्देशक मोहम्मद हम्दान वाहिदले किनारामा रहेको टोलीलाई उदृत गर्दै भने, ‘पोखरीको भुमरीले घुमाएपछि उद्धारकर्मीले उम्कन निकै संघर्ष गरेका थिए ।

उनका अनुसार उद्धारकर्मी करिब आधा घण्टा भुमरीमा फसेका थिए । अरू सहकर्मीले उद्धार गर्दा सबैजना अचेत थिए । वाहिदले भने, ‘यो हाम्रा लागि निकै दु:खद् दिन हो ।’

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...