News Portal

हङकङमा एकै दिनमा ५५३५३नयाँ कोभिड केस २४ घण्टामा ११७ जनाकाे मृत्यु

हिमालीसंचार संवाददाता
३१५ पटक

युवा राई हङकङ– हङकङमा आज ५५,३५३ नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्। यो संख्या हङकङमा अहिलेसम्म कै उच्च रेकर्ड हो।कोभिड-१९ बाट २४ घण्टाभित्र हङकङमा थप ११७ जना बिरामीको मृत्यु भएको छ।

अस्पताल प्राधिकरणका अनुसार मृत्यु हुनेमा ५८ वर्षदेखि १०० वर्ष उमेरबीचका ७३ पुरुष र ४४ महिला रहेका छन्। मृत्यु हुनेमा बृद्धबृद्धासहित केही मृगौला तथा क्यान्सर रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।कोरोनाको पाँचौं लहरमा मात्रै सार्वजनिक अस्पतालमा मृत्यु हुनेको संख्या ९६७ पुगेको छ। कोरोनाबाट हङकङमा मृत्यु हुनेको कुल संख्या ११७२ पुगेको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार ५५,३५३ संक्रमितमध्ये २७ आयातित रहेका छन्। २३ जना CX ७९६ को उडानमार्फत जकार्ताबाट मार्च १ मा हङकङ आएका थिए। जकार्ताबाट आउने CX ७९६ उडानलाई मार्च ३ देखि मार्च १६ सम्म हङकङमा प्रतिबन्ध लगाएको छ।

संक्रमितमध्ये ६ डेल्टा र १८७६ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममै रहेका छन्।अस्पताल प्राधिकरणले हङकङका विभिन्न अस्पतालहरूमा कोभिडका ६४०० बिरामीहरूको उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा ७६० विरामी रहेका छन्।

६४ जना विरामीको अवस्था चिन्ताजनक र ८८ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। ५९० जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...