News Portal

हङकङमा एकै दिनमा ५५३५३नयाँ कोभिड केस २४ घण्टामा ११७ जनाकाे मृत्यु

हिमालीसंचार संवाददाता
२५८ पटक

युवा राई हङकङ– हङकङमा आज ५५,३५३ नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्। यो संख्या हङकङमा अहिलेसम्म कै उच्च रेकर्ड हो।कोभिड-१९ बाट २४ घण्टाभित्र हङकङमा थप ११७ जना बिरामीको मृत्यु भएको छ।

अस्पताल प्राधिकरणका अनुसार मृत्यु हुनेमा ५८ वर्षदेखि १०० वर्ष उमेरबीचका ७३ पुरुष र ४४ महिला रहेका छन्। मृत्यु हुनेमा बृद्धबृद्धासहित केही मृगौला तथा क्यान्सर रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।कोरोनाको पाँचौं लहरमा मात्रै सार्वजनिक अस्पतालमा मृत्यु हुनेको संख्या ९६७ पुगेको छ। कोरोनाबाट हङकङमा मृत्यु हुनेको कुल संख्या ११७२ पुगेको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार ५५,३५३ संक्रमितमध्ये २७ आयातित रहेका छन्। २३ जना CX ७९६ को उडानमार्फत जकार्ताबाट मार्च १ मा हङकङ आएका थिए। जकार्ताबाट आउने CX ७९६ उडानलाई मार्च ३ देखि मार्च १६ सम्म हङकङमा प्रतिबन्ध लगाएको छ।

संक्रमितमध्ये ६ डेल्टा र १८७६ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममै रहेका छन्।अस्पताल प्राधिकरणले हङकङका विभिन्न अस्पतालहरूमा कोभिडका ६४०० बिरामीहरूको उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा ७६० विरामी रहेका छन्।

६४ जना विरामीको अवस्था चिन्ताजनक र ८८ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। ५९० जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...