News Portal

बाबुआमासँगै पारस निर्मल निवासमा: छोरा अमेरिका, छोरी र श्रीमती थाइल्यान्ड

हिमालीसंचार संवाददाता
३२५ पटक

काठमाडौं। लामो समयदेखि कहिले कुण्डलिनी, कहिले पोखरा त कहिले देशका विभिन्न जिल्लामा आफन्तकहाँ बस्दै आएका पूर्वयुवराज पारस शाह अहिले आमाबुबासँगै निर्मल निवासमा एक्लै बसिरहनुभएको छ।

झन्डै पाँच महिना अघिदेखि निर्मल निवास बस्न थालेका पूर्वयुवराज पारस परिवारका सबै जना विदेसिएपछि अहिले एक्लै पर्नुभएको हो। परिवारका तीन सन्तानमध्ये दुई छोरी पूर्णिका र किर्तिका उच्चशिक्षा अध्ययनको क्रममा करिब तीन वर्षदेखि थाइल्यान्डमै रहेका छन्।

छोरा हृदयेन्द्र उच्चशिक्षा अध्ययनको सिलसिलामा अमेरिकाको क्यालिफोर्निया पुगेका छन्। दुई महिना अघि पूर्वयुवराज्ञी एवं आमा हिमानीसँग अमेरिका पुगेका हृदयेन्द्र केही वर्ष अमेरिकामै बस्ने कार्यक्रम तय भएको छ।

केही महिना अघि अमेरिकामा बसोबास गरेका नेपालीका साथै हिमानी ट्रस्टले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागिता जनाएकी हिमानी दुई छोरीलाई भेट्न थाइल्याण्ड फर्कनुभएको छ। उहाँ यो महिना थाइल्यान्डमै बसेर चैतमा नेपाल फर्कने कार्यक्रम रहेको निर्मल निवास स्रोतले जनाएको खबर नेपालसमाचारपत्रमा प्रकाशित छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...