News Portal

डा.बाबुराम अधिकारी अली मियाँ पुरस्कारद्वारा सम्मानित

हिमालीसंचार संवाददाता
३३४ पटक

पोखरा। अली मियाँ लोकवाङ्मय पुरस्कारबाट सहप्राध्यापक डा.बाबुराम अधिकारी सम्मानित भएका छन। साहित्यकार सरुभक्त प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले अली मियाँ लोकवाङ्मय प्रतिष्ठानको आयोजनामा हिजो आईतबार उनलाई सम्मान गरेका हुन।

उक्त प्रतिष्ठानका सल्लाहकार प्रा.डा.रविलाल अधिकारी, सचिव पद्यराज ढकाल र कोषाध्यक्ष फडिन्द्र अकिञ्चन सदस्य रहेको प्रतिभा छनोट समितिले डा.अधिकारीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो। पृथ्वीनारायण क्याम्पसको नेपाली शिक्षा विभाग प्रमुख डा.अधिकारीलाई रू ५० हजार र प्रमाणपत्रसहित सम्मान प्रदान गरिएको थियो।

त्यस्तै, पद्मराज ढकाल, सोम बज्राचार्य, गौमाया थापा, उत्तम गुरुङ, धनबहादुर गन्धर्व, शकुन्तला ज्ञवाली, ऋतु लामा, भीष्म बास्तोला, युवराज भुसाल र अम्बिका भण्डारीलाई पनि यसअघि नै सम्मान गरिएको थियो।

यसअघि पनी अली मियाँ लोकवाङ्मय प्रतिष्ठानले लोकगायिका हरिदेवी कोइराला, लोकगायकहरू प्रेमराजा महत, भेडिखर्के साइँला, बमबहादुर कार्की, खिमबहादुर गन्धर्व लगायतलाई सम्मान गरिसकेको छ।

डा.अधिकारीद्वारा लिखित थुप्रै कृति, पाठ्यपुस्तक र विभिन्न साहित्यिक रचना प्रकाशित छन्।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...