News Portal

युक्रेनमा रहेका नेपालीहरु सुरक्षित छन : नेपाली दूतावास जर्मनी

हिमालीसंचार संवाददाता
३८६ पटक

जर्मनी। युद्धग्रस्त युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ। युक्रेनमा रहेका नेपालीहरु मध्ये अहिलेसम्म २२५ जना सम्पर्कमा आएको र उनीहरु सुरक्षित रहेको दूतावासले जनाएको हो।

केही नेपालीहरु पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियातर्फ गईरहेको पनि दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। १५ जना पोल्याण्ड, ३ जना स्लोभाकिया, २ जना हंगेरी र १ जना रोमानिया प्रवेश गरेको विवरण बर्लिन दूतावासले दिएको छ।

२३ जना स्लोभाकिया र २ जना रोमानिया जान बाटोमा रहेको तथा १ सय जनाभन्दा बढी पोल्याण्डतर्फ गईरहेको पनि दूतावासले जनाएको छ। रुसले युक्रेनमा आक्रमण थालेपछि विदेशी नागरिकहरुका लागि पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाले आ–आफ्ना देशका सिमाना खुला गरेका छन्।

हेर्नुहोस् दूतावासले शनिबार सार्वजनिक गरेको विज्ञप्ति :-

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...