News Portal

युक्रेनमा रहेका नेपालीहरु सुरक्षित छन : नेपाली दूतावास जर्मनी

हिमालीसंचार संवाददाता
३३३ पटक

जर्मनी। युद्धग्रस्त युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ। युक्रेनमा रहेका नेपालीहरु मध्ये अहिलेसम्म २२५ जना सम्पर्कमा आएको र उनीहरु सुरक्षित रहेको दूतावासले जनाएको हो।

केही नेपालीहरु पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियातर्फ गईरहेको पनि दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। १५ जना पोल्याण्ड, ३ जना स्लोभाकिया, २ जना हंगेरी र १ जना रोमानिया प्रवेश गरेको विवरण बर्लिन दूतावासले दिएको छ।

२३ जना स्लोभाकिया र २ जना रोमानिया जान बाटोमा रहेको तथा १ सय जनाभन्दा बढी पोल्याण्डतर्फ गईरहेको पनि दूतावासले जनाएको छ। रुसले युक्रेनमा आक्रमण थालेपछि विदेशी नागरिकहरुका लागि पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाले आ–आफ्ना देशका सिमाना खुला गरेका छन्।

हेर्नुहोस् दूतावासले शनिबार सार्वजनिक गरेको विज्ञप्ति :-

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...