News Portal

राष्ट्रसेवक सुरक्षाकर्मीलाई अब स्वदेशी कपडाको विभागीय पोषाक

हिमालीसंचार संवाददाता
३७७ पटक

रितेश त्रिपाठी,
वीरगन्ज। नेपाली सेना र नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका राष्ट्रसेवक पहिलोपटक स्वदेशमैं बनेको ‘युनिफर्म’ (विभागीय पोषाक) लगाउन पाएका छन्। यस्तो पोशाकका लागि आवश्यक कपडा नेपालमैं उत्पादन हुन थालेको छ।

आपूर्तीकर्ताले पर्सा बारा करिडोरमा रेहको क्राउन टेक्सटाइल इण्डस्ट्रिजमा बनेको र कोहिनुर टेक्सटाइल इण्डस्ट्रिजले ‘डाइङ्ग’ (रंगाई) गरेको कपडाको आपुर्ती सुरक्षा निकायलाई थालेका हुन्। उनी (उलेन) पोषाकका कपडा लगायत प्रहरीका कपडा नेपालमा बन्ने गरे पनि सेना र प्रहरीको पोशाक (चुस्ता) को कपडा यसअघि स्वदेशमा उत्पादन हुँदैन थियो।

यसअघि विदेशबाट आयातित कपडा प्रयोग हुँदै आएको थियो। अब सुरक्षाकर्मीको पोशाकका लागि पैठारी हुने कपडाको आयात प्रतिस्थापित भएको छ। डी.सप्लायर र जय सलिना इन्टरप्राइजेजले यस्ता कपडा आपूर्तिको जिम्मा लिएका छन्।

नेपाली सेनाको लागि ६ लाख मीटर, नेपाल प्रहरीलाई २ लाख ५० हजार मीटर र सशस्त्र प्रहरीका लागि ७० हजार जोडी तयारी चुस्ता पोशाकको आपुर्तीको जिम्मा पाइएको क्राउन टेक्सटाइलका सञ्चालक पीताम्वर कुमार मुन्काले जानकारी दिए।

आपूर्तिको जिम्मा लिएका फर्महरुले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई विदेशबाट आयातित कपडा उपलब्ध गराउँदै आएका थिए। चालु आर्थिक वर्षदेखि स्वदेशी कपडा आपूर्ति हुन थालेको हो। वीरगन्जकै क्राउन टेक्सटाइलसँगको सहकार्यमा कोहिनुरले यस्तो कपडाको उत्पादन गरेको छ।

‘नेपाली उद्यमी भएकोले हाम्रो लागि यो सखद हो, सुरक्षाकर्मीको पोशाकका लागि चाहिने सबै खालको कपडा स्वदेशमै उत्पादन हुन थालेको छ,’ मुनकाले भने, ‘आयातमा वर्षेनि ५० करोड रुपैयाँ बाहिरिने गरेकोमा बाहिरबाट कपडा ल्याउनुपर्ने त्यसतो बाध्यता हटेको छ।’

उनका अनुसार यो देशकै लागि पनि हितकर र गर्वको विषय हो। कोहिनुरले चुस्ताको कपडा उत्पादन गर्नका लागि पाँच करोड रुपैयाको आधुनिक मेशिनरीहरु उद्योगमा थपेर ४ महिना अगाडिदेखि यस्तो नयाँ खाले कपडा उत्पादन गर्न थालेको यसका सञ्चालक राजेशकुमार कुशवाहले बताए। उक्त उद्योग एक दशकदेखि सञ्चालनमा रहेको छ।

उद्योगले सेना र प्रहरीका लागि यो कपडा उत्पादनमा आवश्यक उकरणमा मात्रै थपेको छैन करिब ५० जना कामदार कर्मचारी पनि बढाएको छ। यहाँ अहिले ३ सय जना काम गर्छन्। उद्योगले कपडा बनाउन प्रयोग हुने धागो, रंगलगायगतका कच्चा पदार्थ भने विदेशबाट आयात गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...