News Portal

  • धादिङमा राधेको गुण्डागर्दी, रेष्टुरेन्ट संचालकलाई कुटपिट

    हिमालीसंचार संवाददाता
    ३३६ पटक

    धादिङ – गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधे समुहले धादिङको निलकण्ठ नगरपालिका पुछार बजारमा एक युवालाई निर्घात कुटपिट गरेको छ। शुक्रबार बेलुका ९ बजेतिर पुचारबजारस्थित ब्रदर्श दोहोरी साझमा आफ्नो समुहसहित पुगेका भण्डारीले दोहोरी संचालक विनोद श्रेष्ठलाई निर्घात कुटपीट गरेको हो।

    शुरुमा राधे दोहोरी साँझमा आउँछन्। आएपछि उनले दोहरी संचालक श्रेष्ठलाई हातपात गर्न खुट्टा उचाल्छन्।यतिकैमा उनकै समुहका गुण्डा भनेर चिनिने प्रकाश तामाङ टेबलमाथिबाट आएर श्रेष्ठमाथि आक्रमण गर्छन्।

    आक्रमणमा भण्डारी, सन्तोष थापा, प्रकाश तामाङ, काजी शाक्य, सुजन तामाङ, सरोज अधिकारी, ललित तामाङ, सुनिल थापाको समलग्नता रहेको भिडियोमा देखिन्छ। घटनापछि प्रहरीलाई खबर गर्दा प्रहरी आएपनि मदिरा सेवन गरेर फर्किएको तर अपराधीलाई पक्राउ नगरेको पीडितले जनाएका छन्।

    पीडितका अनुसार प्रहरीले घटनालाई समलग्नलाई पक्राउ गर्नुभन्दा पनि भगाउने भूमिका खेलेका थिए। घटनापछि घाईते श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। जिल्ला अस्पतालमा उनको उपचारको क्रममा उनले रगत नै छादेको र अनुहारको हड्डी टुटेको पाइएको थियो।

    उनलाई थप उपचारका लागि काठमाडौं स्थित राष्ट्रिय ट्रमा सेन्टेरमा पठाइएको छ। अहिले उनको अवस्था गम्भिर रहेको छ। राकेश सिंह एसपी भएर आएपछि धादिङमा बढ्यो राधेको गुण्डा गर्दौ धादिङ प्रहरी प्रमुखको रुपमा राकेश सिंह नियुक्त भएर आएपछि पछिल्लो समय गुण्डार्दी बढेर गएको छ। राधे समुहमाथि एसपी सिंहकै संरक्षण रहेको स्रोतले जनाएको छ।

    शुक्रबारको घटना पनि प्रहरीको सुचनामै भएको पीडितको आरोप छ। यद्धपी एसपी सिंह भने प्रहरीले सामान्य झगडाको सुचना आएपछि मुभ भएको बताउँछन्। ‘सामान्य झगडाको सुचना आएपछि प्रहरी पुग्दा त्यहाँ कोही थिएनन्,’ उनले भने,‘प्रहरीले मदिरा खाएर हिँडेको भन्ने कुरा गलत हो। त्यस्तो हो भने कारबाही हुन्छ। साभार दियोपोस्ट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३० गतेको राशिफल

    आज भदौ ३०, २०८२ (सेप्टेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...

    ब्याण्डेज हातले अर्काे कुटे, रिपोर्टर्स क्लबमा आफैं मार खाए

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका सहिद परिवारसँगै संस्थापक सुधन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन...

    सुधन गुरुङको खुलासा : “सचिवलाई थर्काएँ, राष्ट्रपति निवासको पानी समेत पिएन”

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले शीतल निवासमा भएको आफ्नो अनुभव सार्वजनिक...

    मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार, श्रीमान बाँधिएको अवस्थामा घटना

    मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि...