News Portal

धादिङमा राधेको गुण्डागर्दी, रेष्टुरेन्ट संचालकलाई कुटपिट

हिमालीसंचार संवाददाता
४२० पटक

धादिङ – गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधे समुहले धादिङको निलकण्ठ नगरपालिका पुछार बजारमा एक युवालाई निर्घात कुटपिट गरेको छ। शुक्रबार बेलुका ९ बजेतिर पुचारबजारस्थित ब्रदर्श दोहोरी साझमा आफ्नो समुहसहित पुगेका भण्डारीले दोहोरी संचालक विनोद श्रेष्ठलाई निर्घात कुटपीट गरेको हो।

शुरुमा राधे दोहोरी साँझमा आउँछन्। आएपछि उनले दोहरी संचालक श्रेष्ठलाई हातपात गर्न खुट्टा उचाल्छन्।यतिकैमा उनकै समुहका गुण्डा भनेर चिनिने प्रकाश तामाङ टेबलमाथिबाट आएर श्रेष्ठमाथि आक्रमण गर्छन्।

आक्रमणमा भण्डारी, सन्तोष थापा, प्रकाश तामाङ, काजी शाक्य, सुजन तामाङ, सरोज अधिकारी, ललित तामाङ, सुनिल थापाको समलग्नता रहेको भिडियोमा देखिन्छ। घटनापछि प्रहरीलाई खबर गर्दा प्रहरी आएपनि मदिरा सेवन गरेर फर्किएको तर अपराधीलाई पक्राउ नगरेको पीडितले जनाएका छन्।

पीडितका अनुसार प्रहरीले घटनालाई समलग्नलाई पक्राउ गर्नुभन्दा पनि भगाउने भूमिका खेलेका थिए। घटनापछि घाईते श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। जिल्ला अस्पतालमा उनको उपचारको क्रममा उनले रगत नै छादेको र अनुहारको हड्डी टुटेको पाइएको थियो।

उनलाई थप उपचारका लागि काठमाडौं स्थित राष्ट्रिय ट्रमा सेन्टेरमा पठाइएको छ। अहिले उनको अवस्था गम्भिर रहेको छ। राकेश सिंह एसपी भएर आएपछि धादिङमा बढ्यो राधेको गुण्डा गर्दौ धादिङ प्रहरी प्रमुखको रुपमा राकेश सिंह नियुक्त भएर आएपछि पछिल्लो समय गुण्डार्दी बढेर गएको छ। राधे समुहमाथि एसपी सिंहकै संरक्षण रहेको स्रोतले जनाएको छ।

शुक्रबारको घटना पनि प्रहरीको सुचनामै भएको पीडितको आरोप छ। यद्धपी एसपी सिंह भने प्रहरीले सामान्य झगडाको सुचना आएपछि मुभ भएको बताउँछन्। ‘सामान्य झगडाको सुचना आएपछि प्रहरी पुग्दा त्यहाँ कोही थिएनन्,’ उनले भने,‘प्रहरीले मदिरा खाएर हिँडेको भन्ने कुरा गलत हो। त्यस्तो हो भने कारबाही हुन्छ। साभार दियोपोस्ट

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...