News Portal

कुवेत र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव यसरी मनाईयो

हिमालीसंचार संवाददाता
४२६ पटक

कुवेत सिटी। नेपाल र कुवेतको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सवको सन्दर्भमा हिजो आयोजित कार्यक्रम नेपाली दुतवास कुवेतकाे हलमा सम्पन भयाे। ५०औं वार्षिकोत्सवको अध्यक्षता नेपाली दुताबास कुवेतका महामहिम दुर्गाप्रसाद भण्डारीले गर्नुभएको थियो। कार्यक्रममा प्रवासी नेपाली श्रमिकको दृष्टिमा अबको वैदेशिक रोजगार अनुभव अवसरहरु विषयमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो।

कार्यक्रममा विषयवस्तु भन्दा बाहिर गएर पनि छलफल भएको थियो। कार्यक्रम संचालन नेपाली दूतावासका द्वितीय सचिव श्रीकृष्ण सिलवालले सञ्चालन गरेका थिए भने, सहभागीहरुलाई मिनिस्टर काउन्सिलर प्रकाशमणि पौडेलले स्वागत मन्तव्य दिएका थिए।

अन्तरक्रिया कार्यक्रमा गैरआवासीय संघ कुवेतका पदाधिकारीहरुमा मन्तव्यकाे पहिलो प्रथामिकतामा राखिएको थियो भने, त्यसपछि मात्रै अरु सहभागीलाई बोल्न दिएको थियो। आफ्नो अनुभव साथै विभिन्न बिषयमा आवाज उठाएका थिए।अन्तरक्रिया कार्यक्रममा निम्नलिखित व्यक्तिहरु सहभागी भएका थिए।

(१) रणध्वज लामा
(२) सृजन केसि
(३) सुमित्रादेवी पौडेल
(४) रमिता तामाङ्
(५) राम बस्नेत
(६) नवराज पन्थी
(७) टिकाराम आचार्य
(८) इन्द्र पोखरेल
(९) अधवा लिम्बु
(१०) पुष्कर धामी
(११) गंगा सुवेदी
(१२) हरि लावती
(१३) आनन्द आचार्य
(१४) जयनारायण थारु
(१५) सुनबहादुर तामाङ
(१६) राजु गुरुङ
(१७) खुम रायमाझी
(१८) युवराज गैरे
((१९) माेहमद जयर
(२०) राजेन्द्र बिरही
(२१) रवि बन्जाडे
(२२) निरमाया खडका
(२३) गोविन्द बराल
(२४) नवराज पराजुली
(२५) खाेप गुरुङ

अन्तरक्रिया कार्यक्रममा सबै जनाले कुवेतमा कामको अनुभव शेयर गरेका थिए भने, प्रायःजसो सबैले नेपाली दुताबास कुबेतको कमी कमजोरीहरु औल्याएका थिए।

अन्तरक्रिया कार्यक्रममा सोधेका प्रश्नको जवाफ दिदै महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीले म र दुतवासले गर्ने सहयोग तपाईहरु समक्ष सधै हुनेछ। तपाईंले दुतावासकाे हटलाईन टेलिफोन, इमेल तथा फेसबुक पेजकाे माध्यमबाट हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। महामहिम राजदूतले कुवेतकाे नियम कानुनलाई पालना गरेर अगाडि बढे कुनैपनि समस्या पर्दा दुतवास सहयाेग गर्ने तयार रहेकाे बताए।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...