News Portal

  • अल अहालियाबाट पैसा पठाउदा पौडेलले पाए १३ लाख बराबरको कार

    हिमालीसंचार संवाददाता
    २१० पटक

    रामप्रसाद ढुंगेल/युएई – युएईमा सेक्युरिटी गार्डको काम गरिरहेका बुटवलका राजन पौड्यालले अल अहालिया एक्सचेञ्जबाट वैधानिक तरिकाले नेपालमा पैसा पठाउदा उपहार स्वरूप १३ लाख बराबरको कार उपहार पाएका छन् ।

    युएईमा नेपालीहरुको रोजाइको एक्सचेञ्ज कम्पनी अल अहालियाले नियमित रूपमा आफ्ना ग्राहकहरुलाई धेरै धनराशि पर्ने उपहार योजनाहरु नियमित रूपमा आयोजना गरिरहेको हुन्छ । यसपटक नेपालीहरुमा राजन पौडेल भाग्यमानी साबित भएका छन्। आफ्नो तलब नियमित रूपमा बैकिङ च्यानल मार्फत नेपालमा पठाउदा यसरी कार पाएका उनले अपेक्षा नै गरेका थिएनन् । 

    जीवनमा न उनले कुनै भाग्य चिठा नै काटेका थिए नत उनले कुनै कल्पना नै गरेका थिए। विदेशमा दुख गरेर कमाएको केहि रकमलाई आफ्नो परिवारको जोहो टार्न केवल उनले युएईको सोनापुरमा रहेको अल आलिया मोनी एक्चेन्जबाट पैसा पठाएका थिए। त्यही पैसा पठाएको समयमा अल आहालिया मनी एक्चेन्जले अक्टोबर १५ देखि फ़्रेबुवरी ११ सम्म विन्टर प्रोमोसन २०२१ -२०२२ चलाएको थियो।

    उक्त प्रोमोसनमा एक केजी सुन सहित १० वटा कार उपहार राखिएको थियो । जसको गत शुक्रबार बरदुबईमा रहेको अल अहालिया मनी एक्चेन्जमा उपहार बितरणको कार्यक्रम रहेको थियो । उक्त विन्टर पोमोसनमा एक भारतीय महिलाले एक केजी सुन उपहार पाएकी थिइन् भने चार भारतीय नागरिक, एक युगान्डा , एक श्रीलंकन, एक बंगलादेशी र एक नेपालीले एक/एक वटा कार उपहार पाएका थिए । उक्त भाग्यशाली बिजेताहरु मध्ये बुटवल घर भइ बिगत तीन सालदेखि  युएईको इको प्युर टेक्निकल सर्भिस कम्पनिमा सेक्युरिटी गाडको रुपमा कार्यरत राजन पौड्यालले पनि एक कार उपहार पाएका हुन् । पौड्याल हाल युएईको जाबलेआलीमा बस्दै आएका छन् । मासिक १८ सय युएई दिराम कमाउने पौड्यालले झन्डै नेपाली १३ लाख रुपैयाँ पर्ने गाडी उपहार पाएर गदगद छन् ।

    उनीसँग युएईको सवारी चालक अनुमती पत्र नभएको कारण उक्त गाडीको मुल्य बराबरको रकम लिने बताएका छन् । अल अहालिया एक्सचेञ्जले पनि कारको मूल्य बराबरको रकम उपलब्ध गराउने बताएको छ । गतवर्ष यस्तै प्रोमोसनमा युएईबाट नेपाल पैसा पठाउदा इलामका याम नाथ भट्टराईले एक केजी सुन उपहार पाएका थिए । 

    पुरस्कार बितरण कार्यक्रममा बोल्दै अल अहालिया मनी एक्चेन्ज बरदुबाई शाखाका मेनेजर बेनी ढकालले युएईमा रहेका सबै नेपालीहरुलाई नियमित रुपमा पैसा पठाउदा अल अहालिया एक्चेन्ज रोजेमा भविस्यमा जो कसैलाई पनि यस्तै उपहार पाउन सक्ने बताएका छन् । उनले वैधानिक तरिकाले नेपालमा पैसा पठाएका नेपाल सरकारलाई विदेशी डलर सिचितिमा सहयोग हुने भएकाले देशको लागि अप्रत्यक्ष योगदान हुने बताएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    धरानको खानेपानी योजना : ‘एडीबीको ऋण नचाहिने, खोला–खोल्सीकै भरमा बाँच्ने’ — मेयर साम्पाङको कडा सन्देश

    धरान, असार १९ — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले संघीय सरकार र खानेपानी मन्त्रालयलाई...

    गायिका एलिना चौहानमाथि अश्लील टिप्पणी गर्ने पक्राउ

    काठमाडौं, असार १९ –  लोकप्रिय गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग गरी गालीगलौज...

    स्रोत नखुलेको नगदसहित गौरमा पूर्व अनुसन्धानकर्मी पक्राउ

    रौतहट, असार १९ — रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पूर्व...

    सफलताको शिखर चढ्दै मातृका लम्साल

    युएई, असार १९ — आजभन्दा १५ वर्षअघि क्लिनरको काम गर्न युएई पुगेका झापाका मातृका लम्साल...

    झापामा किशोरमाथिको कुटपिटले लियो दुईको ज्यान : दोषीमाथि कडा कारबाहीको माग

    झापा, असार १९ – झापाको शिवसताक्षी नगरपालिका–९ मा केही दिनअघि भएको एक कुटपिट घटनाले दुई...