News Portal

अल अहालियाबाट पैसा पठाउदा पौडेलले पाए १३ लाख बराबरको कार

हिमालीसंचार संवाददाता
३२१ पटक

रामप्रसाद ढुंगेल/युएई – युएईमा सेक्युरिटी गार्डको काम गरिरहेका बुटवलका राजन पौड्यालले अल अहालिया एक्सचेञ्जबाट वैधानिक तरिकाले नेपालमा पैसा पठाउदा उपहार स्वरूप १३ लाख बराबरको कार उपहार पाएका छन् ।

युएईमा नेपालीहरुको रोजाइको एक्सचेञ्ज कम्पनी अल अहालियाले नियमित रूपमा आफ्ना ग्राहकहरुलाई धेरै धनराशि पर्ने उपहार योजनाहरु नियमित रूपमा आयोजना गरिरहेको हुन्छ । यसपटक नेपालीहरुमा राजन पौडेल भाग्यमानी साबित भएका छन्। आफ्नो तलब नियमित रूपमा बैकिङ च्यानल मार्फत नेपालमा पठाउदा यसरी कार पाएका उनले अपेक्षा नै गरेका थिएनन् । 

जीवनमा न उनले कुनै भाग्य चिठा नै काटेका थिए नत उनले कुनै कल्पना नै गरेका थिए। विदेशमा दुख गरेर कमाएको केहि रकमलाई आफ्नो परिवारको जोहो टार्न केवल उनले युएईको सोनापुरमा रहेको अल आलिया मोनी एक्चेन्जबाट पैसा पठाएका थिए। त्यही पैसा पठाएको समयमा अल आहालिया मनी एक्चेन्जले अक्टोबर १५ देखि फ़्रेबुवरी ११ सम्म विन्टर प्रोमोसन २०२१ -२०२२ चलाएको थियो।

उक्त प्रोमोसनमा एक केजी सुन सहित १० वटा कार उपहार राखिएको थियो । जसको गत शुक्रबार बरदुबईमा रहेको अल अहालिया मनी एक्चेन्जमा उपहार बितरणको कार्यक्रम रहेको थियो । उक्त विन्टर पोमोसनमा एक भारतीय महिलाले एक केजी सुन उपहार पाएकी थिइन् भने चार भारतीय नागरिक, एक युगान्डा , एक श्रीलंकन, एक बंगलादेशी र एक नेपालीले एक/एक वटा कार उपहार पाएका थिए । उक्त भाग्यशाली बिजेताहरु मध्ये बुटवल घर भइ बिगत तीन सालदेखि  युएईको इको प्युर टेक्निकल सर्भिस कम्पनिमा सेक्युरिटी गाडको रुपमा कार्यरत राजन पौड्यालले पनि एक कार उपहार पाएका हुन् । पौड्याल हाल युएईको जाबलेआलीमा बस्दै आएका छन् । मासिक १८ सय युएई दिराम कमाउने पौड्यालले झन्डै नेपाली १३ लाख रुपैयाँ पर्ने गाडी उपहार पाएर गदगद छन् ।

उनीसँग युएईको सवारी चालक अनुमती पत्र नभएको कारण उक्त गाडीको मुल्य बराबरको रकम लिने बताएका छन् । अल अहालिया एक्सचेञ्जले पनि कारको मूल्य बराबरको रकम उपलब्ध गराउने बताएको छ । गतवर्ष यस्तै प्रोमोसनमा युएईबाट नेपाल पैसा पठाउदा इलामका याम नाथ भट्टराईले एक केजी सुन उपहार पाएका थिए । 

पुरस्कार बितरण कार्यक्रममा बोल्दै अल अहालिया मनी एक्चेन्ज बरदुबाई शाखाका मेनेजर बेनी ढकालले युएईमा रहेका सबै नेपालीहरुलाई नियमित रुपमा पैसा पठाउदा अल अहालिया एक्चेन्ज रोजेमा भविस्यमा जो कसैलाई पनि यस्तै उपहार पाउन सक्ने बताएका छन् । उनले वैधानिक तरिकाले नेपालमा पैसा पठाएका नेपाल सरकारलाई विदेशी डलर सिचितिमा सहयोग हुने भएकाले देशको लागि अप्रत्यक्ष योगदान हुने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...