News Portal

सफलताको शिखरमा दुबईको नमस्ते रेस्टुरेन्ट

हिमालीसंचार संवाददाता
४४५ पटक

युएई,दुबई। देरा दुबईस्थित युनियनमा संचालित नमस्ते रेस्टुरेन्टले सफलतापुर्वक ६ वर्ष पूरा गरी सातौ वर्षमा पाइला चालेको छ। मौलिक नेपाली खानाका स्वादिष्ट परिकारहरुको बिक्रीवितरण गर्ने नमस्ते रेस्टुरेन्ट युएईमा कार्यरत नेपालीहरुको रोजाईको रेस्टुरेन्ट बन्न सफल भएको छ।

युएइको ब्याबसाहिक यात्रा महेन्द्र पौडेलले सन् २०१२ बाट गर्नुभएको थियो। रोजगारीको शिलशिलामा युएई आउनुभएको पौडेलले श्रीमती मन्जु पौडेलको आट र भरोसा पाएर युएईको व्यावसायिक क्षेत्रमा नेपालीको सगरमाथा रेस्टुरेन्ट बरदुबईमा स्थापना गर्नुभएको थियो।

आफ्ना साडु दाइ र जेठान दाइलाई पनि व्यावसायिक सहयात्री बनाउनु भएका पौडेल अहिले सबैजना आ-आफ्नो क्षेत्रमा जमेर काम गरेको देख्दा उनीहरूको सफलतामा गौरव गर्नुहुन्छ।

पौडेलले दोस्रो सफलताको रूपमा देरा एरीयामा नेपाली रेस्टुरेन्टको अभाव महसुस गरी २०१६ फेब्रुअरी २५ बाट नमस्ते रेस्टुरेन्ट संचालन गर्नुभएको हो। यो नमस्ते रेस्टुरेन्ट देरा दुबईको सफलताको छैठो बर्ष गाठ मनाउन पाउँदा अत्यन्त खुशी रहेको संचालक पौडेल दम्पतीले बताउनुभयो।

यो सफलता खास गरी भगबान सरी रहनुभएका ग्राहक बर्ग जस्ले माया गरि नमस्ते रेस्टुरेन्टलाई मन पराईदिएकोले यो यात्रा यहाँसम्म आइपुगेको जनाउनु भएको छ।

ग्राहकहरुको निरन्तर माया र रुचिलाई हामीले ध्यान दिदै खुशी राख्दै यो आजको दिनसम्म ल्याइ पुराउन सहयोग गर्नुहुने सम्पुर्ण ग्राहकहरुप्रति धेरै-धेरै धन्यवाद व्यक्त गर्दै आभारी रहेको प्रतिक्रिया दिनुभएको छ।

छैटौं वार्सिक उत्सवको अवसरमा खासगरी रेस्टुरेन्टमा आउने ग्राहकबर्गसङ्ग प्रत्यक्ष प्रस्तुत भई ग्राहकको सेवामा अहोरात्र खटिईरहने सम्पुर्ण रेस्टुरेन्टका कर्मचारी साथीहरु सबैमा बिशेष धन्यवाद दिनु भयो।

यसैगरी आउदो वर्षमा पनि यस्तै माया र सहयोगको आश गर्दै अझै धेरै मीठो, छिटो, राम्रो र धेरै ख्याल गरी सेवा प्रदान गर्ने बाचा समेत व्यावसायी पौडेलले गर्नुभएको छ। यो खुशीयालीमा आज एकदिनको लागि हामीलाई हजुरहरुको लागी केही मायाको चिनो(प्रसाद) ग्रहण गर्ने मौका दिइने जानकारी गराइएको छ।

लमजुङ स्थायी घर भएका महेन्द्र पौडेल र मन्जु गौली पौडेलले संचालन गरेको यो रेस्टुरेन्टले बरदुबईको बसपार्क एरियामा पनि दर्शन नमस्ते रेस्टुरेन्ट शुरूवात गरेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...