News Portal

सफलताको शिखरमा दुबईको नमस्ते रेस्टुरेन्ट

हिमालीसंचार संवाददाता
३९४ पटक

युएई,दुबई। देरा दुबईस्थित युनियनमा संचालित नमस्ते रेस्टुरेन्टले सफलतापुर्वक ६ वर्ष पूरा गरी सातौ वर्षमा पाइला चालेको छ। मौलिक नेपाली खानाका स्वादिष्ट परिकारहरुको बिक्रीवितरण गर्ने नमस्ते रेस्टुरेन्ट युएईमा कार्यरत नेपालीहरुको रोजाईको रेस्टुरेन्ट बन्न सफल भएको छ।

युएइको ब्याबसाहिक यात्रा महेन्द्र पौडेलले सन् २०१२ बाट गर्नुभएको थियो। रोजगारीको शिलशिलामा युएई आउनुभएको पौडेलले श्रीमती मन्जु पौडेलको आट र भरोसा पाएर युएईको व्यावसायिक क्षेत्रमा नेपालीको सगरमाथा रेस्टुरेन्ट बरदुबईमा स्थापना गर्नुभएको थियो।

आफ्ना साडु दाइ र जेठान दाइलाई पनि व्यावसायिक सहयात्री बनाउनु भएका पौडेल अहिले सबैजना आ-आफ्नो क्षेत्रमा जमेर काम गरेको देख्दा उनीहरूको सफलतामा गौरव गर्नुहुन्छ।

पौडेलले दोस्रो सफलताको रूपमा देरा एरीयामा नेपाली रेस्टुरेन्टको अभाव महसुस गरी २०१६ फेब्रुअरी २५ बाट नमस्ते रेस्टुरेन्ट संचालन गर्नुभएको हो। यो नमस्ते रेस्टुरेन्ट देरा दुबईको सफलताको छैठो बर्ष गाठ मनाउन पाउँदा अत्यन्त खुशी रहेको संचालक पौडेल दम्पतीले बताउनुभयो।

यो सफलता खास गरी भगबान सरी रहनुभएका ग्राहक बर्ग जस्ले माया गरि नमस्ते रेस्टुरेन्टलाई मन पराईदिएकोले यो यात्रा यहाँसम्म आइपुगेको जनाउनु भएको छ।

ग्राहकहरुको निरन्तर माया र रुचिलाई हामीले ध्यान दिदै खुशी राख्दै यो आजको दिनसम्म ल्याइ पुराउन सहयोग गर्नुहुने सम्पुर्ण ग्राहकहरुप्रति धेरै-धेरै धन्यवाद व्यक्त गर्दै आभारी रहेको प्रतिक्रिया दिनुभएको छ।

छैटौं वार्सिक उत्सवको अवसरमा खासगरी रेस्टुरेन्टमा आउने ग्राहकबर्गसङ्ग प्रत्यक्ष प्रस्तुत भई ग्राहकको सेवामा अहोरात्र खटिईरहने सम्पुर्ण रेस्टुरेन्टका कर्मचारी साथीहरु सबैमा बिशेष धन्यवाद दिनु भयो।

यसैगरी आउदो वर्षमा पनि यस्तै माया र सहयोगको आश गर्दै अझै धेरै मीठो, छिटो, राम्रो र धेरै ख्याल गरी सेवा प्रदान गर्ने बाचा समेत व्यावसायी पौडेलले गर्नुभएको छ। यो खुशीयालीमा आज एकदिनको लागि हामीलाई हजुरहरुको लागी केही मायाको चिनो(प्रसाद) ग्रहण गर्ने मौका दिइने जानकारी गराइएको छ।

लमजुङ स्थायी घर भएका महेन्द्र पौडेल र मन्जु गौली पौडेलले संचालन गरेको यो रेस्टुरेन्टले बरदुबईको बसपार्क एरियामा पनि दर्शन नमस्ते रेस्टुरेन्ट शुरूवात गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...