News Portal

बिजुलीको महसुल नतिरेपछि धादीङको गंगाजमुनाको लाईन काट्दै प्राधिकरण

हिमालीसंचार संवाददाता
६३४ पटक

धदिङ। नेपाल विद्युत प्राधिकरणलाई समयमा नै बत्तीकाे महसूल बुझाउन नसक्दा बिजुलीकाे लाइन काटिने भएको छ।

विद्युत प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाएकोले प्राधिकरणले छिट्टै गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा बिजुलीकाे लाईन काटने जानकारी दिइसकेको छ। प्राधिकरणलाई तिर्नुपर्ने बाँकी रकम नतिरे वडा नम्बर ५ गंगाजमुना गाउँपालिका फेरी अन्धकारमय हुने निश्चित छ।

तीन-चार महिनामा एक पटक मात्र बत्तीकाे पैसा उठाउदा र ग्रामीण अस्पताल फुलखर्क र इलाका प्रहरी कार्यालय फुलखर्कले बत्तीको पैसा नतिरेकाे स्रोतले हिमालीसंचारलाई बतायो। विद्युत प्राधिकरणलाई लगभग २४ लाख तिर्न बाँकी रहेकाे बुझिएको छ।

गंगाजमुना गाउँपालिकामा इलाका प्रहरी कार्यालय, ग्रामीण अस्पताल लगायत केही समाजसेवी, राजनैनिक दलका नेताले बिजुलीकाे महसूल नतिरेकाे जनाईएको छ।

स्रोतका अनुसार केही दिनपछि बिजुलीकाे महसुल नतिर्ने केही ठूलाबडाको नाम समेत सार्वजनिक गर्ने भएको छ। गाउँपालिकामा बिजुलीको महसुल समयमा नै नउठाउँदा र सही व्यवस्थापन नहुदा यो समस्या आएको हाे, एक स्थानीयले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...