News Portal

बिजुलीको महसुल नतिरेपछि धादीङको गंगाजमुनाको लाईन काट्दै प्राधिकरण

हिमालीसंचार संवाददाता
६७० पटक

धदिङ। नेपाल विद्युत प्राधिकरणलाई समयमा नै बत्तीकाे महसूल बुझाउन नसक्दा बिजुलीकाे लाइन काटिने भएको छ।

विद्युत प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाएकोले प्राधिकरणले छिट्टै गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा बिजुलीकाे लाईन काटने जानकारी दिइसकेको छ। प्राधिकरणलाई तिर्नुपर्ने बाँकी रकम नतिरे वडा नम्बर ५ गंगाजमुना गाउँपालिका फेरी अन्धकारमय हुने निश्चित छ।

तीन-चार महिनामा एक पटक मात्र बत्तीकाे पैसा उठाउदा र ग्रामीण अस्पताल फुलखर्क र इलाका प्रहरी कार्यालय फुलखर्कले बत्तीको पैसा नतिरेकाे स्रोतले हिमालीसंचारलाई बतायो। विद्युत प्राधिकरणलाई लगभग २४ लाख तिर्न बाँकी रहेकाे बुझिएको छ।

गंगाजमुना गाउँपालिकामा इलाका प्रहरी कार्यालय, ग्रामीण अस्पताल लगायत केही समाजसेवी, राजनैनिक दलका नेताले बिजुलीकाे महसूल नतिरेकाे जनाईएको छ।

स्रोतका अनुसार केही दिनपछि बिजुलीकाे महसुल नतिर्ने केही ठूलाबडाको नाम समेत सार्वजनिक गर्ने भएको छ। गाउँपालिकामा बिजुलीको महसुल समयमा नै नउठाउँदा र सही व्यवस्थापन नहुदा यो समस्या आएको हाे, एक स्थानीयले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...