News Portal

अमेरिकाद्धारा रुसमाथी प्रतिवन्धको घोषणा, युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन परराष्ट्रको आग्रह

हिमालीसंचार संवाददाता
२३६ पटक

वासिङ्टन – युक्रेनमाथी हस्तक्षेप गरेको भन्दै अमेरिकाले रुसलाई प्रतिवन्ध लगाइएको घोषणा गरेसंगै युक्रेनमा रहेका सबै नेपालीलाई स्वदेश फर्कन परराष्ट्र मन्त्रालयको आग्रह, युक्रेनमा रहेका ३८ जना नेपाली आफ्नो सम्पर्कमा रहेको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ।

परराष्ट्र मन्त्रालयले समेत आफ्नो नागरिकलाई अति आबश्यक काम बाहेक युक्रेन नबस्न आग्रह गरेको हो। विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकाले रुसको भूमिकाप्रति आपत्ति जनाएको छ।

कुनै देशको आक्रमणलाई रोक्न वा अन्तर्राष्ट्रिय कानुन उलङ्घन गरेको विरुद्धमा एउटा देशले अर्को देशलाई प्रतिवन्ध लगाउने प्रचलन रहेको छ। यसलाई आक्रमणकारी वा हस्तक्षेपकारी देशलाई दिने सामान्य सजायको रुपमा पनि लिइन्छ।

यस्ता प्रतिवन्धले देशको अर्थतन्त्र  र राजनीतिलाई बढी असर पर्ने र नेताहरुले हस्तक्षेपकारी कदम थप अगाडि नबढाउने अपेक्षा गरिएको हुन्छ।

अमेरिकाले गरेको प्रतिवन्धको घोषणाप्रति युरोपेलीसहित अन्य विभिन्न देशहरुले समेत समर्थन जनाउदै आफ्नो देशहरुको तर्फबाट पनि प्रतिवन्ध लगाइएको घोषणा गरेका छन्। रुसले युक्रेनमाथि थप अतिक्रमण गरे अमेरिका र युरोपेली मुलुकहरुले प्रतिबन्धहरू पनि थप गर्दै जाने चेतावनी दिएका छन।

उनीहरुले सूचना प्रतिविधिको सञ्जालबाट रुसलाई अलग्याउने, आर्थिक कारोवारको सञ्जालमा नराख्ने, रुसबाट ग्यास तथा इन्धन खरिद नगर्नेलगायतका अभियान पनि ल्याउन सक्ने बताइएको छ।

रुसको अर्थतन्त्रमा ग्यास तथा इन्धनको व्यापारको ठूलो भूमिका रहेकाले पश्चिमा तथा अमेरिकी देशहरुले रुसबाट ग्यास तथा इन्धन खरिद नगरेमा रुसको अर्थतन्त्रमा ठूलो झड्का लाग्न सक्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...