News Portal

सितल नगर आमा समुहले नेत्रहीन संघ कास्कीलाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
८८१ पटक

कर्ण बहादुर अधिकारी काठमाण्डौ – जहानीया राणा शाशकहरूबाट दासत्वको जीवन जीउदै आई रहेका नेपाली जनताले उन्मुक्ति पाएको दिन फागुन ७ गते प्रजातन्त्र दिवशको अबसर पारेर पोखरा महानगर पालिका वडा नं १४ स्थित शीतला आमा समुहले सेवा नै धर्म हो।भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै नेत्रहिन नेपाली नागरीकहरूको जीवनमा केहि सहजता साथै खुशीयाली ल्याउनका निमित्त पोखरा महानगर पालिका वडा नं २६ बुढी बजारमा रहेको संघको कार्यालयमा आमा समुहका पदाधिकारीहरूको उपस्थितिमा नगद रू १० हजार पाँच रूपैया आर्थिक सहयोग हस्तान्तरण गरीएको छ।
त्यसै गरी समुहले राम्रो कार्य गरेकोमा समुहको संस्थापक अध्यक्ष शुमित्रा घिमिरेले पनि नगद रू २ हजार सहयोग गर्नु भएको थियो। उक्त हस्तान्तरण गरीएको रकमबाट दृष्टि बिहिनहरूको साहाराका लागि सेतो छडी किनेर दिनका लागि संघका अध्यक्ष श्रीकान्त सापकोटालाई आग्रह गरीएको छ। उक्त सहयोग हस्तान्तण कार्यक्रम आमा समुहकी अध्यक्ष श्रीमति कविता कार्कीको अध्यक्षतामा सुसम्पन्न गरीएको थियो। बिगत केहि दिन अगाडी मात्र शीतला आमा समुहले बृद्धा आश्रममा समेत आर्थिक सहयोग हस्तान्तरण गरेको थियो।

औपचारीक रूपमा गरीएको कार्यक्रममा तदर्थ समितिका अध्यक्ष एवं समुहकी बर्तमान सल्लाहकार श्रीमति शोभा गिरी र नेत्रहिन संघका अध्यक्ष श्री श्रीकान्त सापकोटाले नेत्रहिन संघ र महिला समुहले गरेको आर्थिक सहयोगका बिषयमा मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सीतला आमा समुहकी उपाध्यक्ष तारा थापाले गर्नु भएको थियो भने कार्यक्रम संचालन समुहकी कोषाध्यक्ष श्रीमति शुशिला खत्रीले गर्नु भएको थियो।मानव जीवन र समाजसेवी भावना के हो र कसरी गर्नु पर्छ भन्ने कुराको राम्रो उदाहरण बन्दैछ शीतला आमा समुह हाे।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...