News Portal

केबलकारमा मुक्तिनाथसम्म सरर !

७०५ पटक

काठमाडौँ – हिन्दू र बौद्ध धर्मावलम्बीहरूको एक महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथको दर्शन अबको ६ वर्षभित्र केबलकारमार्फत गएर गर्न पाइने छ । मुक्तिनाथदर्शन सेवा प्रालिले २०८१ भित्र सेवा दिने गरी निर्माण प्रक्रिया सुरु गरेको छ ।

मुक्तिनाथ दर्शन सेवा प्रालिका प्रमुख कार्यकारी अधिकृत श्रीधर सापकोटाले कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्मको करिब ७५ किलोमिटर दूरीको केबलकार निर्माण गर्नको लागि प्रक्रिया सुरु गरिएको रातोपाटीलाई जानकारी दिए ।

लगानी बोर्डको हालै सम्पन्न ३०औं बैठकले कम्पनीलाई विस्तृत अध्ययन गर्ने अनुमति प्रदान गरेसँगै प्रक्रिया अघिबढेको उनको भनाइ छ ।

‘अहिले परियोजनासम्बन्धी इन्सेन्सन रिपोर्ट तयार हुने क्रममा रहेको छ’, उनले भने, ‘इन्सेन्सन रिपोर्ट तयार भएपछि एलाइमेन्ट फिक्स गर्ने काम हुन्छ । लाइडर सर्भेको काम सकिएपछि डीपीआर सर्भे हुन्छ ।’
अबको तीन वर्षमा यी प्रक्रिया पूरा गरेर आगामी २०८१ भित्र सेवा दिने लक्ष्य लिइएको प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए ।

कम्पनीका रोपवे इन्जिनियर गुणराज ढकालका अनुसार उक्त केबलकार निर्माण गर्न खण्ड खण्डमा विभाजन गरिएको छ । जसअनुसार कास्कीको वीरेठाँटीदेखि घोरेपानीसम्म पहिलो, घोरेपानीदेखि तातोपानीसम्म दोस्रो, तातोपानीदेखि लेतेसम्म तेस्रो, लेतेदेखि मार्फासम्म चौथो, मार्फादेखि जोमसोमसम्म पाँचौँ, जोमसोमदेखि कागबेनीसम्म छैटौँ र कागबेनीदेखि मुक्तिनाथसम्म सातौँ खण्ड हुनेछ ।

लम्बाइको हिसाबले संसारकै लामो केबलकारका रूपमा रहेको यो परियोजनालाई कम्पनीले महत्वकाङ्क्षी परियोजनाका रूमालिएको छ ।  विश्वमा अफ्रिकी मुलुक ग्याबनको केबलकार २५० किलोमिटर र स्विडेनको ९६ किलोमिटर लामो केबलकार रहे पनि त्यो सामान ढुवानीको लागि मात्रै प्रयोग हुने गरेकोे छ ।

मुक्तिनाथको दर्शन केवलकार परियोजना भने विशुद्ध पर्यटक ओसारपसारमा प्रयोग हुने छ ।

कम्पनीका अनुसार स्रोत जुटाएर काम गर्दा निर्माण उति असहज नभए पनि मार्फा–कागबेनी खण्डमा भने तीव्र हावाचल्ने भएकाले केही कठीनाइ रहेको छ । करिब १५ किलोमिटरको यो खण्डमा दिउँसोको समयमा ५० किलोमिटर प्रतिघण्टाको बेगले हावाचल्ने हुँदा यात्रुको सुरक्षाका लागि उच्च प्रविधि अपनाइने छ ।

‘तीव्र गतिको हावाबहने मार्फा–कागबेनी खण्डमा हामीले गोन्डला (बाकस) को सट्टा रेलको जस्तो डिब्बा वा अरू उच्च प्रविधि अपनाउँछौं । यात्रा पूर्णतः सुरक्षित र भरपर्दो हुनेछ’, रोपवे इन्जिनियर ढकालले भने । अन्य स्थानमा भने गोण्डलाकै प्रयोग हुनेछ ।

कठिन भौगोलिक बनावटका कारण मुक्तिनाथ पुग्नका लागि यातायातका साधनसमेत महँगो पर्ने गरेकोमा यो परियोजना बनेसँगै आर्थिक रूपमा पनि सस्तो पर्ने कम्पनीको विश्वास छ । केबरलकारले इन्धन बचत र पर्यावरणको संरक्षणमा समेत योगदानपुग्ने छ ।

मुक्तिनाथको दर्शन केबलकार परियोजना सो क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण हुनुका साथै समग्र देशलाई नै चिनाउन पनि सहयोग पुग्ने छ ।

प्रमुख कार्यकारी अधिकृत सापकोटाले केबलकार निर्माणका लागि करिब ३८ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको र त्यसका लागि विभिन्न अन्तर्राष्ट्रिय बैङ्कहरूसँग कुराकानी भइरहेको पनि जानकारी दिए ।

आधा दर्जनका हाराहारीका विदेशी बैङ्क तथा कम्पनीले लगानीका लागि चासो देखाएको भन्दै आफूहरू यसबारे निर्णय लिने क्रममै रहेको कम्पनीले जनाएको छ । नेपाली बैङ्कहरूको महँगो कर्जा र पर्याप्त ऋण पनि नपाइने अवस्था रहेकाले विकल्प खोजेको प्रमुख कार्यकारी अधिकृत सापकोटाकोे भनाइ छ ।

निर्माण सम्पन्न भएपछि एक दिशामा एक पटकमा १ हजार यात्रु बोक्ने क्षमता केबलकारले राख्ने बताइएको छ । कम्पनीका अनुसार ३ घण्टा १० मिनेटमा वीरेठाँटीबाट मुक्तिनाथ पुग्न सकिनेछ । रातोपाटी

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...