News Portal

  • गौतमबुद्ध विमानस्थलको सुरु भयो यान्त्रिक परीक्षण, बुद्ध जयन्तीबाट नियमित संचालन हुने

    हिमालीसंचार संवाददाता
    ४२१ पटक

    सलमान खान,भैरहवा। भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबाबाट यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) उडान सुरु भएको छ। विमानस्थलमा करिब १० दिन यान्त्रिक परीक्षण उडान हुनेछ ।

    आइसीबी टू को आयोजना अन्तर्गत एरो नोटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)को प्राविधिक सहितको विशेष विमानमार्फत यान्त्रिक परीक्षण भइरहेको छ। यान्त्रिक परीक्षणका लागि बिहीबार थाइल्याण्डबाट विशेष विमान भैरहवा आएको थियो।

    विमानस्थल संचालन अघि जडान गरिएको संचार उपकरणहरुको परिक्षणका लागि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ। विमानस्थलमा कम्युनिकेशन, नेगिभेसन र सर्विलान्स चेकजाँच गरी विमानस्थलबाट उडान योग्य रहे/नरहेको रिपोर्ट आउनेछ। र, सोही अनुसार थप प्रक्रियाहरु अघि बढाइन्छ।

    शुक्रबार एटिइ ०३ कल साइन भएको बिचक्राफ्ट बी ३५० आई किंग एअर नामक विशेष विमानले विमानस्थलबाट उडान भरेको थियो। उडान भरेको विशेष विमान मार्फत विमानको दिशा र दूरी जाँच गर्ने यन्त्रको परीक्षण गरिएको विमानस्थलको आइसीबी टू का आयेजना प्रमुख प्रविण न्यौपानेले बताए।

    विशेष विमानले नवलपरासीको बर्दघाट, कपिलवस्तुको धनकौली, लुम्बिनी, मर्चवारलगायत क्षेत्रको आकाशमा घण्टौँसम्म उडान गरेको थियो। उनले विमानस्थलमा जडान गरिएको संचार उपकरण लगायतको विशेष विमान मार्फत यान्त्रिक परीक्षण सुरु भएको बताए।

    उनका अनुसार क्यालिबे्रसन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र विमानबीचको सूचना आदान-प्रदान सही छ/छैन भनेर जाँच गर्ने हो। यसैको लागि पाइलट, को–पाइलटसहित ७ जनासहित विशेष विमानले काम थालेको छ। यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्नेछ। उडानका क्रममा एन्टिना, सिग्नल रिसिभ, लाइटिङ, कम्युनिकेशन लगायत सबै सूचना ठीक छ/छैन भनी परीक्षण हुनेछ।

    क्यालिब्रेशन फ्लाइटलगत्तै नेपाल एयरलाइन्सको बोइङ विमानमार्फत विमानस्थलको परीक्षण गरिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। त्यसपछि अधिकतम ५६ वा न्युनतम ४२ दिन पछि विमानस्थलमा नियमित उडानहरु गरिने प्राधिकरणको भनाइ छ।

    ‘विमानस्थलको भौतिक संरचना र जडान गरिएको उपकरणको हिसाबले शुक्रबारदेखि क्यालिब्रेसन उडानका सुरु गरेका छौँ,’ विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले भने, ‘यो विमानस्थलाई अन्तराष्ट्रिय विमानस्थलको रुपमा मान्यता प्राप्त गराउनका लागि क्यालिब्रेसन उडान हाम्रो लागि पहिलो पाइला हो।’ अगामी ०७९ साल जेठ २ गते बुद्ध जयन्तीका दिन विमानस्थल संचालन गर्ने लक्ष्य राखिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...

    श्री पशुपतिनाथ शन्तानेश्वर महादेव मन्दिरको भव्य उद्घाटन सम्पन्न

    समीर कुमार अधिकारी (द्रुपद)/ काठमाडौं १० –  २०८२ साल कात्तिक ९ गते, आइतबार (पंन्चमी तिथी)...

    आज २०८२ साल कार्तिक १० गतेको राशिफल

    आज कार्तिक १०, २०८२ (अक्टोबर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...