News Portal

गौतमबुद्ध विमानस्थलको सुरु भयो यान्त्रिक परीक्षण, बुद्ध जयन्तीबाट नियमित संचालन हुने

हिमालीसंचार संवाददाता
५२५ पटक

सलमान खान,भैरहवा। भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबाबाट यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) उडान सुरु भएको छ। विमानस्थलमा करिब १० दिन यान्त्रिक परीक्षण उडान हुनेछ ।

आइसीबी टू को आयोजना अन्तर्गत एरो नोटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)को प्राविधिक सहितको विशेष विमानमार्फत यान्त्रिक परीक्षण भइरहेको छ। यान्त्रिक परीक्षणका लागि बिहीबार थाइल्याण्डबाट विशेष विमान भैरहवा आएको थियो।

विमानस्थल संचालन अघि जडान गरिएको संचार उपकरणहरुको परिक्षणका लागि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ। विमानस्थलमा कम्युनिकेशन, नेगिभेसन र सर्विलान्स चेकजाँच गरी विमानस्थलबाट उडान योग्य रहे/नरहेको रिपोर्ट आउनेछ। र, सोही अनुसार थप प्रक्रियाहरु अघि बढाइन्छ।

शुक्रबार एटिइ ०३ कल साइन भएको बिचक्राफ्ट बी ३५० आई किंग एअर नामक विशेष विमानले विमानस्थलबाट उडान भरेको थियो। उडान भरेको विशेष विमान मार्फत विमानको दिशा र दूरी जाँच गर्ने यन्त्रको परीक्षण गरिएको विमानस्थलको आइसीबी टू का आयेजना प्रमुख प्रविण न्यौपानेले बताए।

विशेष विमानले नवलपरासीको बर्दघाट, कपिलवस्तुको धनकौली, लुम्बिनी, मर्चवारलगायत क्षेत्रको आकाशमा घण्टौँसम्म उडान गरेको थियो। उनले विमानस्थलमा जडान गरिएको संचार उपकरण लगायतको विशेष विमान मार्फत यान्त्रिक परीक्षण सुरु भएको बताए।

उनका अनुसार क्यालिबे्रसन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र विमानबीचको सूचना आदान-प्रदान सही छ/छैन भनेर जाँच गर्ने हो। यसैको लागि पाइलट, को–पाइलटसहित ७ जनासहित विशेष विमानले काम थालेको छ। यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्नेछ। उडानका क्रममा एन्टिना, सिग्नल रिसिभ, लाइटिङ, कम्युनिकेशन लगायत सबै सूचना ठीक छ/छैन भनी परीक्षण हुनेछ।

क्यालिब्रेशन फ्लाइटलगत्तै नेपाल एयरलाइन्सको बोइङ विमानमार्फत विमानस्थलको परीक्षण गरिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। त्यसपछि अधिकतम ५६ वा न्युनतम ४२ दिन पछि विमानस्थलमा नियमित उडानहरु गरिने प्राधिकरणको भनाइ छ।

‘विमानस्थलको भौतिक संरचना र जडान गरिएको उपकरणको हिसाबले शुक्रबारदेखि क्यालिब्रेसन उडानका सुरु गरेका छौँ,’ विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले भने, ‘यो विमानस्थलाई अन्तराष्ट्रिय विमानस्थलको रुपमा मान्यता प्राप्त गराउनका लागि क्यालिब्रेसन उडान हाम्रो लागि पहिलो पाइला हो।’ अगामी ०७९ साल जेठ २ गते बुद्ध जयन्तीका दिन विमानस्थल संचालन गर्ने लक्ष्य राखिएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...