News Portal

आइएमई पे र एभरेष्ट बैंक लिमिटेडवीच बैंक लिङ्क गर्ने सम्झौता

हिमालीसंचार संवाददाता
४७३ पटक

काठमाडौँ। आइएमई पे र एभरेष्ट बैंक लिमिटेडवीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ। आइएमई पे आइएमई ग्रुरुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित रहेको छ।

डिजिटल सहजताको निम्ती गरेको यस सम्झौता पश्चात उपभोक्ताले आइएमई पे मोबाईल वालेट एपमा एभरेष्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधाहरू आइएमई पे एपमा प्रयोग गर्न सक्ने छन्।

हालसम्म नेपालको १४ वटा बैंकहरुसँग यस्तै प्रकृतिको सम्झौता गरेको आइएमई पेले यस लिङ्क–अपका निःशुल्क ट्रान्स्फर तथा शीघ्र ट्रान्स्फरलगायतका फाइदाहरू रहेका छन्। आइएमई पेमा बैंक लिङ्क गरे पश्चात उपभोक्ताले आफ्नो सुबिधा अनुसार एभरेष्ट बैंकको खातामा आइएमई पे एपबाट निः शुल्क पैसा पठाउन वा सार्न मिल्ने गरि सिस्टमलाई अध्यावधिक गरिएको छ।

आइएमई पेमा बैंक लिङ्क गरे पश्चात उपभोक्ताले सिधै आइएमई पेको पिन नंम्बर राखेर पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) लगायतका सुविधा उपलब्ध हुनेछन्।

यसका अतिरिक्त आफ्नो एभरेष्ट बैंकमा रहेको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न सकिने गरि व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...