१८ असोज, बुटवल – प्रहरीले बुटबलबाट अवैध नोटसहित २ भारतीय र १ नेपालीलाई पक्राउ गरेको छ ।
बुटवलको नेपाल गञ्जरोडस्थित ग्रान्ड होटलबाट ४ लाख ३० हजार २ सय ५० भारु र १ लाख ९० हजार नेपाली रकमसहित ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, बुटबलका प्रहरी नायव उपरीक्षक डिल्लीबहादुर मल्लले जानकारी दिए ।
पक्राउ पर्नेमा मेराजुन मिया, ईमरान खान र मेघनाथ कुशपडिया छन् । यीमध्ये कुशपडिया बाँकेका हुन् भने मिया र खान भारतको उत्तर प्रदेश बैराइच जिल्लाका हुन् ।
पक्राउ परेका ३ जनालाई ईलाका प्रहरी कार्यलय, बुटबलमा राखेर अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।