News Portal

हाइड्रोपावरको निर्माण सामग्री बाकेका तीन ट्रक खसे अरुण नदिमा

हिमालीसंचार संवाददाता
३४३ पटक

संखुवासभा। संखुवासभाको मकालु गाउँपालिकामा रहेको अरुण नदीको बेलिब्रिज भाँचिएको छ। मकालु गाउँपालिकाको वडा नं. ५ र १ जोड्ने अरुण नदीको बेलिब्रिज भाँचिएको हो।

शनिबार दिउँसो निर्माणाधीन इप्सुवा हाइड्रोपावरको निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका जनप्रतिनिधी पुरन याम्फुले जानकारी दिए। निर्माणाधीन इप्सुवा हाइड्रोको निर्माण सामाग्री बोकेको ३ वटा लोवेट ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको जनप्रतिनिधी याम्फुले बताए।

बेलिब्रिज भाँचिएपछि अहिले आवतजावत ठप्प भएको छ। पुलको भन्दा बढी क्षमताभन्दा सामाग्री बोकेर एकै पटक तीन बटा ट्रक तर्ने क्रममा फुल भाँचिएको याम्फुको अनुमान छ। तीन वटै लोवेट ट्रक हाइड्रो पावरको निर्माण सामाग्री लिएर वालुङतर्फ गएका थिए।

दुई वटा रड र एउटामा आयोजनाको ट्रनेलको पाइप लिएर ट्रकहरू आयोजना स्थल गएका थिए। पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीन वटै ट्रक नदीको बीचमा पुलमा अलपत्र भएको उनको भनाइ छ।

ट्रकका चालक र सहचालकलाई भने स्थानीयले उद्धार गरेका छन्। वि.सं.२०७५ सालमा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामाग्री लैजान बेलिब्रिज निर्माण गरेको थियो।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...