News Portal

  • दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई हरायो

    हिमालीसंचार संवाददाता
    ३४४ पटक

    काठमाडौं। चार देश सम्मिलित टी-२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। शुक्रबार नेपालले घरेलु टिम ओमानलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो। ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले ३ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उत्कृष्ट ब्याटिङ गरेका दीपेन्द्रले नटआउट ७३ रन जोडे। उनले ५८ बलमा ८ चौका र १ छक्का हिर्काए। त्यसअघि ओपनरद्वय प्रदीप ऐरी ४ रन र आसिफ शेख १४ रनमा आउट भए। ज्ञानेन्द्र मल्ल १३ रनमा रनआउटको सिकार भएका थिए।

    यस्तै आरिफ शेखले २५ रनको योगदान दिए। बलिङमा ओमानका कालीमुल्लाहले २ विकेट लिए। अल अमरेत रंगशालामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ६ विकेटको क्षतिमा १३५ रन जोडेको थियो।

    ओमानका लागि कप्तान जीशन मक्सूदले सबैभन्दा बढी नटआउट ४३ रन जोडे। उनले  ४१ बलमा ४ चौका र १ छक्का हिर्काए। ‌ओमानका ओपनरद्वय कश्यप प्रजापति ११ रन र जतिन्दर सिंह १३ रनमा आउट भए। प्रजापतिलाई अभिनास बोहराले बोल्ड गर्दा जतिन्दरलाई आरिफले आसिफ शेखबाट क्याच गराए।

    यस्तै शोइब खानलाई ११ रनमा कप्तान सन्दीप लामिछाने र आयान खानलाई कमलसिंह ऐरीले ११ रनमै आउट गरे। दुवैको क्याच पनि आसिफले नै लिएका थिए। मोहमद नदीमले ३१ रन र नदीम खुसी शून्यमा आउट भए। दुवैलाई अभिनासले १८ ओभरमा आउट गरे।

    बलिङमा नेपालका अभिनास बोहराले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। नेपालको राष्ट्रिय टिमका लागि पहिलो पटक कप्तानी गरेका सन्दीप लामिछानेले १ विकेट लिए। आरिफ शेख र कमलसिंह ऐरी १-१ विकेट लिए।

    टी-२० मा डेब्यू गरेका सागर ढकालले विकेट लिन सकेनन्। उनले ३ ओभरमा ३६ रन खर्चिए। सिरिजको दोसो खेलमा नेपालले शनिबार युएई र सोमबार आयरल्यान्डसँग खेल्नेछ। सिरिजलगत्तै नेपालले ओमानमै टी-२० विश्वकपको विश्व छनोट खेल्नेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...